पोखरा/ कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी २० औं माछापुच्छ«े पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिताअन्तर्गत बिहीबारबाट महिला सिंगल्सतर्फका खेल सुरु भएका छन् ।
माछापुच्छ«े बैंकको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा महिला सिंगल्सतर्फ शुभाङ्गी शाहले प्रशंसा मोक्तानलाई १–६, ६–२ र ६–३ को सेटमा पराजित गर्दा माहिका राणाले क्याथ्रिन लामालाई वाक आउट दिएकी छन् । त्यस्तै श्रेया भट्टराई जेनी खड्कालाई २–६, ६–४ र ६–१ ले पाखा लगाएकी छन् ।
यता, ओपन सिंगल्स पुरुषतर्फ निशान श्रेष्ठ भुषण बज्रचार्य, आशिष खडका ऋतिक राना अन्तिम ८ मा पुगेका छन् ।
मेन्स ओपन डबल्सतर्फ प्रवण मानन्धर र राजवीर प्रधानको जोडीले प्रदीप खड्का र नेहाल जङ्गबहादुर थापाको जोडीलाई टाई ब्रेकरमा ७–५, ४–६ र १२–१० ले पराजित गर्दा सम्यक भुषण बज्रचार्यको जोडीले आर्यन गिरी र आरभ सम्राट हाडाको जोडीलाई ६–२, ६–३ को सोझो सेटमा पराजित गरेका छन् । अभिनन्सु ठाकुर र शिद्धान्त डेकाको जोडी आशिष खड्का र सौगात विकको जोडीलाई ७–६, ६–२ ले पराजित गर्दा ऋतिक राना र निशान श्रेष्ठको जोडीले गोविन्द नेपाली र युगेन शेर्पाको जोडीलाई ६–१, ६–० को सोझो सेटमा पराजित गरी अन्तिम आठमा स्थान पक्का गरेका छन् ।





