आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

गण्डकीका जिल्ला अधिवेशन चैत्रभित्र

गण्डकीका जिल्ला अधिवेशन चैत्रभित्र

अहिलेको सरकारको कार्यशैलीले देश बर्बादी उन्मुख – एमाले उप महासचिव गुरुङ ।


  • ढोरपाटन संवाददाता
  • पुष १५ २०८०, आइतबार

पोखरा/नेकपा एमाले गण्डकी प्रदेशको पहिलो बैठक शुक्रबार पोखरामा सम्पन्न भएको छ । बैठकलाई सम्बोधन गर्दै नेकपा एमाले उपमहासचिब पृथ्वीसुब्बा गुरुङले पार्टी काम व्यवस्थित बनाउन उत्कृष्ट कार्ययोजनासहित अगाडि बढ्न आग्रह गर्दै उत्कृष्ट पार्टी निर्माणमा प्रभावकारिताका साथ लाग्न आग्रह गर्नु भयो ।

उपमहासचिब गुरुङले समृद्धिको मोडलमा देशलाई एमालेले मात्रै हिडाउन सक्ने कुरा वर्तमान सरकारका कार्यशैलीले प्रमाणित गरेको उल्लेख गरेका छन् । देशलाई वर्तमान सरकारले विगतको एक बर्षमा कुनै उल्लेख्य काम गर्न नसक्दा देशमा निराशा बढ्दै गएको भन्दै देशनै बर्बादीतिर उन्मुख गराएको जिकिर गरे । उनले आमजनताको चाहना र इच्छा बुझेर काम गर्न आग्रह गरे ।

एमाले सचिव तथा गण्डकी प्रदेशका इन्चार्ज गोकर्ण बिष्टले कार्यकर्ता र सबै नेताहरु सुढृण पार्टी निर्माणमा हर तरहले लाग्न आग्रह गर्दै सबल र सक्षम कार्यकर्ता निर्माणमार्फत् सुखी नेपाली समृद्ध नेपालको अभियान पुरा हुने जिकिर गरे । बिष्टले हर पार्टी कमिटीहरु चलायमान बनाउँदै पार्टीको समय सापेक्ष नयाँ उचाइ निर्माणमा लाग्न आग्रह गरे ।

बैठकमा सो पार्टीका स्थायी कमिटी सदस्य खगराज अधिकारीले मिसन ८४ को अभिष्ट पुरा गर्न सम्पूर्ण पार्टी कमिटी र सदस्यहरू एकमाना एकतासहित कटिबद्धताका साथ लागि पर्न आग्रह गरे । अधिकारीले लोकतान्त्रिक गणतन्त्रको कुनै विकल्प नभएको भन्दै अनेकन अफवाहलाई चिर्दै जनताको बिचमा जानु पर्ने उल्लेख गरेको छन् ।

बैठकले पार्टी कमिटिका सदस्यहरूको कार्य विभाजन गरेको छ । जसानुसार गण्डकी प्रदेशका निर्वाचन क्षेत्र, भूगोल जिल्ला, पालिका, जनवर्गीय संगठनसहित विभिन्न विभागीय जिम्मेवारी तोकेको सचिव धनन्जय दवाडीले जानकारी दिए । सचिव दवाडीका अनुसार पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूलाई प्रशिक्षणसहित प्रथम अधिवेशनबाट निर्वाचित चालिस बर्षमुनिका कमिटी सदस्यहरुलाई नेतृत्व विकास कार्यशालासमेत आयोजना गर्ने निर्णय भएको छ ।

बैठकले जनवर्गीय संगठनको अधिवेशन माघभित्र तथा जिल्ला अधिवेशन चैत्रभित्र सम्पन्न गर्ने निर्णय गरेको उपसचिब तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख मन्जु अधिकारीले उल्लेख गरे । बैठकले पार्टीको प्रदेश कार्यालय संचालनका लागि भवन किन्ने निर्णय गरेको छ, भने पहिलो अधिवेशनबाट निर्वाचित छुट सदस्यहरूको सपथसमेत सम्पन्न गरेको अधिकारीले जानकारी दिए ।
नेकपा एमाले गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->