सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बुकी कपको उपाधि त्रिभुवन आर्मीलाई

बुकी कपको उपाधि त्रिभुवन आर्मीलाई


  • ढोरपाटन संवाददाता
  • पुष १७ २०८०, मंगलबार

बागलुङ/विभागीय टोली त्रिभुवन आर्मी क्लब बुकी कप २०८० भलिबल प्रतियोगिताको च्याम्पीयन बनेको छ ।

हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट प्रालिद्वारा बागलुङको गलकोटमा आयोजित बुकी कप २०८० को उपाधि त्रिभुवन आर्मी क्लवले हात पारेको हो । त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लवलाई ३–२ को सेटमा पराजित गदैं उपाधी बिजेता बनेको हो ।

आर्मीले पुलिसलाई पहिलो, चौथो र पाँचौ सेटमा क्रमशः २७–२५, २७–२५ र १५–६ को अन्तरले पराजित गरेका थियो । विभागीय क्लव नेपाल पुलिस क्लबले दोस्रो र तेस्रो सेटमा २५–२२, २५–२१ को को अन्तरले पराजित गरेपनि अन्य सेटमा जित निकाल्न नसक्दा उपविजेता बन्न पुगेको हो ।

प्रतियोगितामा च्याम्पीयन बन्दै आर्मीले नगद ५ लाख कप, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ भने उपबिजेता बनेको नेपाल पुलिस क्लबले २ लाख ५० हजार कप मेडल र प्रमाणपत्र प्राप्त प्राप्त गरेको छ । प्रतियोगितामा तृतीय भएको सशस्त्र प्रहरी बलले नगद १ लाख २५ हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->