बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

वीरगञ्जबाट पोखरा आइरहेको यात्रु बस दुर्घटना: ३२ जना घाइते

वीरगञ्जबाट पोखरा आइरहेको यात्रु बस दुर्घटना: ३२ जना घाइते


  • ढोरपाटन संवाददाता
  • पुष १९ २०८०, बिहिबार

पोखरा / वीरगञ्जबाट पोखरातर्फ आइरहेको यात्रु बस विहिवार बिहान तनहुँको म्याग्दे गाउँपालिका-६ मौरीबजारमा दुर्घटना हुँदा ३२ जना यात्रु घाइते भएका छन् ।

घाइतेहरुमध्ये २९ जनाको तनहुँको बेलचौतारामा उपचार भइरहेको छ भने ३ जनालाई उपचारका लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवम् डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए ।

बिहान करिब पौने ५ बजे वाग्मती प्रदेश ०३-००१ ख १२०६ नम्बरको बस पहिरो झरेको स्थान नजिकको सडकबाट करिब ५६ फिट तल खोलामा खसेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->