पोखरा/ गण्डकी प्रदेश क्रीकेट संघको आयोजनामा पोखरामा गण्डकी प्रदेश स्तरीय पिएम कप छनोट क्रीकेट प्रतियोगिता सुरु भएको छ ।
राष्ट्रिय पिएम कप छनोट समेत रहेको एक दिवसीय क्रीकेट प्रतियोगिताको उद्घाटन खेलमा कास्की र बाग्लुङ भिडिरहेका छन् ।
कास्कीले टस जितेर ब्याटिङ थालेको छ । विपिन खत्रीको कप्तानीमा रहेको कास्कीको टिममा मुस्कान थापा, अभिषेक थापा, अभिषेक बस्नेत, विधान श्रेष्ठ रोहित चन्द, कृष्ण पौडेल, सोहिल कुवर, किबृन श्रेष्ठ अदित्य थापा, विश्वास पराजुली , आयुस सैन्जु, महेश खत्री र हितेश गिरि रहेका छन् ।

यस्तै अनिष जिसिको कप्तानीमा रहेको बागलुङमा अर्जुन रायमाझी, सचिन राज अधिकारी , लक्की सापकोटा, मिलन थापा, रविन कार्की, सुवर्ण खड्का, विश्व कार्की, दिपेश कुवर, अस्विन थापा, संचार न्युरे, पुजन पौडेल, मनिष गैरे र विशाल क्षेत्री रहेका छन ।

पुस २५ गतेसम्म चल्ने प्रतियोगितमा कास्की, बागलुङसहित स्याङ्जा, नवलपुर, तनहुँ र पर्वत रहेका छन् ।
( तस्वीर :योगेन्द्र श्रेष्ठ )





