सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

ढोरपाटन र ताराखोला खुला भलिबलको सेमीफाइनलमा

ढोरपाटन र ताराखोला खुला भलिबलको सेमीफाइनलमा


  • ढोरपाटन संवाददाता
  • पुष १९ २०८०, बिहिबार

बागलुङ / बागलुङ उद्योग बाणिज्य संघले आयोजना गरेको सातौं बागलुङ महोत्सवमा जारी खुला पुरुष भलिबल प्रतियोगितामा बुधवार सेमी फाइनल समीकरण पुरा भएको छ ।

मंगलबार र बुधवार भएका खेलबाट बनेको समीकरणअन्र्तगत बिहिबार सेमीफाइनल खेल संचालन हुने खेल संयोजक किशोर छन्तयालले बताए । बुधबारको खेलमा ताराखोला गाउँपालिका र ढोरपाटन नगरपालिका सेमीफाइनल प्रवेश गरेका छन् ।

बुधबार भएको खेलमा ताराखोलाले निसीखोला गाउँपालिकालाई बेस्ट अफ ५ मा तीन खेल जितेर सेमीफाइनल प्रवेश गरेको हो । पहिलो चरणका खेलहरु बेस्ट अफ ३ मा खेलाइएको थियो । ताराखोलाको २७–२५, १९–२५,२५–२३ र २५–२१ को अंकले पराजित गरेको हो ।

बुधवारै भएको दोश्रो क्वाटर फाइनल खेलमा ढोरपाटन नगरपालिकलो बागलुङ नगरपालिकाको तित्याङ खेलकुद समितिलाई पराजित ग¥यो । सेमीफाइनल प्रवेशका लागि ढोरपाटनले सोझो तीन सेटनै जितेको थियो । ढोरपाटनले २५–२०, २८–२६ र २५–२१ को अंक बटुल्यो ।

त्यसअघि भएको खेलमा गलकोट नगरपालिकाले बरेङ गाउँपालिकालाइ जितेर सेमीफाइनल प्रवेश गरिसकेको छ । बिहिबार ताराखोला गाउँपालिका र होटल माउन्टेन भ्यू तथा ढोरपाटन नगरपालिका र गलकोट नगरपालिकाबीच सेमीफाइनल हुने भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->