सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

मन्त्री निवासलाई खेलाडी आवास बनाउने प्रस्वात अघि अघि सार्ने राखेपको निर्णय

मन्त्री निवासलाई खेलाडी आवास बनाउने प्रस्वात अघि अघि सार्ने राखेपको निर्णय


  • ढोरपाटन संवाददाता
  • पुष १९ २०८०, बिहिबार

पोखरा /राष्ट्रिय खेलकुद परिषद (राखेप) ले पुल्चोकस्थित हरिहर भवनमा रहेको खेलकुद मन्त्रीको निवासलाई खेलाडी आवास बनाउने प्रस्ताव गर्ने निर्णय गरेको छ ।

राखेप समितिका कार्यकारी समितिको बैठकले उक्त भवन खेलाडी आवासका लागि प्रयोग गर्ने योजनालाई अघि सारेको हो । राखेप सदस्य सचिव टंकलाल घिसिङको अध्यक्षतामा बसेको कार्यकारी बैठकले खेलाडीको प्रशिक्षणलाई प्रभावकारी बनाउने उदेश्यसहित उक्त निर्णय गरेको हो ।

मन्त्री निवास ललितपुरको भैसेपाटीमा निर्मित भवनमा स्थानान्तरण भएलगत्तै खेलाडी आवासको रुपमा रुपान्तरण गर्ने तयारीका लागि प्रस्ताव गर्ने योजना अघि सरेको हो ।

खेलाडीहरु थोरै भत्तामा होटलमा बस्नुपर्ने बाध्यात्मक परिस्थिति रहेका छन् । काठमाडौं बाहेक बाहिरि जिल्लाबाट जाने खेलाडीका लागि खेलाडी आवस नहुँदा निकै समस्या रहेको ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->