सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

कास्की एक सय ५३ रनले विजयी

कास्की एक सय ५३ रनले विजयी


  • ढोरपाटन संवाददाता
  • पुष १९ २०८०, बिहिबार

पोखरा / पोखरामा आजबाट सुरु भएको पिएम कप एक दिवसीय गण्डकी प्रदेश छनोट खेलमा कास्की १ सय ५३ रनले विजयी भएको छ । प्रदेश क्रिकेट संघ गण्डकीको आयोजनामा सुरु भएको प्रतियोगितामा कास्कीले बागलुङ सानदार जित हासिल गरेको हो ।

दुई सय ६८ रनको विजयी लक्ष्य पछ्याएको बागलुङ एक सय १५ रनमै २४.१ ओभरमा अलआउट हुन पुग्यो । बागलुङका लागि रविन कार्कीले २१ बलमा १५ रन जोडे । सुवर्ण खडकाले १२ रन जोडे ।

कास्कीका लागि कृष्ण पौडेलले ७ ओभरमा १ मेडन सहित ३३ रन खर्चेर ३ विकेट लिए, अदित्य थापाले ३.१ ओभरमा १३ रन खर्चेर २ विकेट लिइ भने कप्तान विपिनले ५ ओभरमा २० रन खर्चेर २ विकेट लिए ।

त्यसअघि कास्कीका लागि मुस्कान थापाले ८९ बलमा सर्वाधिक ७४ रनको योगदान दिए भने कप्तान विपिन खत्रीले ३६ बलमा अर्धशतक पुरा गरे । अदित्य थापा २१ रनमा अविजित रहे । रोहित चन्दले २९ रन बनाए ।

बागलुङका लागि अस्विन थापाले ९ ओभरमा ३८ रन खर्चेर सर्वाधिक २ विकेट लिए । संचार न्युरेले १० ओभरमा १ मेडनसहित ३६ रन खर्चेर १ विकेट लिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->