सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

खेलाडीको परिवारलाई शिक्षा र आकस्मिक विमा गराउँदै परिषद्

खेलाडीको परिवारलाई शिक्षा र आकस्मिक विमा गराउँदै परिषद्


  • ढोरपाटन संवाददाता
  • पुष २४ २०८०, मंगलबार

पोखरा / प्रदेश खेलकुद परिषद गण्डकीले प्रदेशबाट प्रतिनिधित्व गरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेल खेलेका खेलाडी र उनको परिवारका लागि निशुल्क शिक्षासँगै खेलाडी विमा गर्ने भएको छ ।

परिषद्को सोमबार बसेको कार्यकारी समितिको बैठकले गण्डकीबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय खेल खेलिरहेका खेलाडी तथा पुर्व खेलाडीहरुको परिवारका लागि समेत सामुदायिक शैक्षिक संस्थामा निशुल्क र नीजि शैक्षिक संस्थामा ५० प्रतिशत छुटको व्यवस्था गर्ने प्रस्तावलाई अघि सारेको छ ।

उक्त कार्यका लागि सामाजिक विकास मन्त्रालयसँग वार्षिक बजेट माग गर्ने परिषद्का सदस्य सचिव श्रीधर शर्माले जानकारी दिए । उनका अनुसार कार्यकारी समितिको निर्णयले खेलाडीहरुका लागि एउटा नयाँ आयाम थप हुनेछ ।

‘हामीले खेलकुदमा लागेका हरुका लागि केहि गर्न सकेनौ भन्ने व्यापक गुनासो छ । हामीले ठूलै कार्य गर्नुपर्छ भन्ने पनि छैन् । अहिले खेलिरहेका र हिजो प्रदेशबाटै खेलिसकेको खेलाडीका परिवारलाई उच्च शिक्षाका लागि सहयोग गरेमात्रै पनि पुग्छ’ उनले भने,

‘हामीले सरकारी विद्यालय, विश्वविद्यालयमा मासिक शुल्कसहित पुरै छुट तथा नीजि क्षेत्रका विद्यालय, क्याम्पस र विश्वविद्यालयमा कम्तिमा पनि ५० प्रतिशत छुटको व्यवस्था गर्ने योजना अघि सारेका छौं ।’

सदस्य सचिव शर्माले परिषदमा सुचिकृत भएका रेफ्री तथा प्रशिक्षकहरुलाई दुर्घटना हुँदाको अवस्थामा आकस्मिक विमा अन्तर्गत औषधी उपचार र क्षती पुर्ती राहतका लागि बार्षिक बिमा गर्ने गराउने निणृय समेत गरेको छ । उक्त विमा प्रदेशका ११ वटै जिल्लामा राष्ट्रिय, प्रदेश, जिल्ला स्तरीय प्रतियोगितामा सहभागी खेलाडीहरुको समेत सामुहिक आकस्मिक विमा कार्यक्रम कार्यान्वयन गर्ने भएको हो ।

यस्तै बागमती प्रदेशमा फागुनमा हुने अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा सबै खेलका विधामा सहभागिता जनाउने निर्णय समेत गरेको शर्माले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->