सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

मार्सलआर्ट रिङ फलोअप : रिङ खोज्दै मन्त्रालय

मार्सलआर्ट रिङ फलोअप : रिङ खोज्दै मन्त्रालय


  • ढोरपाटन संवाददाता
  • पुष २४ २०८०, मंगलबार
तस्वीर : तत्कालिन युवा तथा खेलकुद मन्त्रालयले खरिद गरेको रिङ

पोखरा / तत्कालिन युवा तथा खेलकुद मन्त्रालयका कर्मचारीले मार्सलआर्ट रिङ खोज्न सुरु गरेका छन् । करिब १५ लाख बराबरको रिङको सामानमा अनियमितता भएको खबर बाहिरीएपछि मन्त्रालयले रिङको सामानको खोजी सुरु गरेका हुन् ।

तत्कालिन मन्त्रालयका स्टोर किपरको रुपमा रहेका जिवन शर्माले
‘फलामका सामानहरु त छन् त्यसपछि केहि सामान परिषद्मा राखेका छन अरे । फलेकहरु केके सामान परिषद्मा राखिएको छ भनेका छन् । मैले ठेकेदारलाई समेत फलोअप गरे ठेकेदारले ती सामान जोड्ने बेलामा पुरा गर्छु भनेका छन्’ उनले भने, ‘के रहेछ म बुझ्दै छु ।

केहि सामान त्यहाँ छन्, फर्म लगायत पोलहरु परिषद्मा छन । ब्याकसिटका सामानलगायत चाँहि ठेकेदारले कहाँ राखेका छन् । खोज्दै छु ।’ हाल उनी सामाजिक विकास मन्त्रालयमा रहेका छन् ।

मन्त्रालयल सामानको स्टेमेट अनुसार नै बिल भरपाई गरेको देखिएको थियो । यस विषयमा ठेकेदार कम्पनीसँग पटक पटक फोन सम्पर्क गर्दा उनको फोन उठीरहेको छैन् ।
प्रदेश खेलकुद परिषद् र ठेकेदार सँगै सामान रहेको शर्माको भनाई छ ।

प्रदेश खेलकुद परिषदले पुस ९ गते पोखरामा राष्ट्रिय मुवाँथाई च्याम्पियनसिपको आयोजना गरेको थियो । उक्त प्रतियोगिताका दौरान सोही मार्सलआर्ट रिङ ल्याईएको थियो । प्रतियोगिता संयोजक खगेन्द्र क्षेत्रीले आफुले उक्त मार्सलआर्ट रिङ ल्याउँदा धेरै कुरा नभेटेको जानकारी दिए । ‘मैले खेलकुद मन्त्रालयको मार्सलआर्ट रिङ छ भनेर मागे । परिषद्को प्रतियोगिता थियो म संयोजक थिए ।

तर, यहाँ पुरै सामान नभएपछि मैले बक्सिङ संघको रिङको सामान ल्याएर भएपनि प्रतियोगिता सम्पन्न गराउन लागे’ उनले भने, ‘तपाईँले भनेझै यहाँ मैले सामान देखिन । सायद काम पुरा नभएकाले पनि होला तर जुन रिङ बन्नुपर्ने थियो त्यो बनेन् ।’

उनका अनुसार मार्सलआर्ट रिङमा रिङको वेशबाहेक सबै सामान जुगाड गरिएको थियो । उता कास्की जिल्ला बक्सिङ संघका अध्यक्ष सुमन श्रेष्ठले पोखरा रंगशालाभित्र रहेको बक्सिङ रिङको सामान झिकेर लगेको स्पष्ट पारे । ‘हामीलाई बक्सिङको रिङको सामान चाहियो भनेर खबर आएपछि दिएका हौं ।

रिङको डोरी, म्याटलगायतका सामान लगेको हो’ उनले भने, ‘अझ मैले ट रिङ नै लगेहुन्छ समेत भनेकु हुँ तर यो फिक्स रिङ भएकाले माथिका (रिङको वेश बाहेक) सबै सामान लगेर जस्ताको तस्तै ल्याएको छ ।’

उता प्रदेश खेलकुद परिषदका सदस्य समेत रहेका प्रतियोगिता संयोजक क्षेत्रीले आफुले रुजु नगरी ल्याउनु गलत भएपनि त्यसरी ल्यानुको कारण रहेको बताए । उनले सामान पुरा नभएपछि आफुले त्यसै ल्याएको स्विकार गरे ।
ठेकेदार रामराज अधिकारी सँग रिङ माग्दा पुरै सामान नपाएपछि उनले उठाएका हुन् ।

सरकारी रुजु विनै ल्याउने गल्ती उनले गरे । तर त्यहि सामान ल्याउँदा समेत मन्त्रालय बेखर हुनुले पनि रिङको सामान अपुग भएको पुष्टि भएको देखिन्छ ।

अपुरो सामान हुँदा हुँदै समेत ठेकेदारको बोलिको भरमा सामान विना बिल भुक्तान गरेको देखिन्छ । ‘ठेकेदारसँग मैले रिङ मागेको हुँ । रामराजले सामान पुरा नदिएपछि अरुलाई साेिधन । पुरै पाउँछु भन्ने आशा थियो पाइन् ।’ उक्त प्रतियोगिता पश्चात रिङका सामान पोखरा ६ बैदाममा अलपत्र थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->