पाेखरा / गण्डकी प्रदेश ह्याण्डबल संघ तदर्थ समितिको अध्यक्षमा केशव पाठक सर्वसम्मत चयन भएका छन् ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा सम्पन्न भेलाले अध्यक्षमा पाठकसहित १५ सदस्यि कार्यसमिति निर्विरोध चयन गरेको हो ।
समितिको उपाध्यक्षमा गिरमान गुरुङ, महिला उपाध्यक्षमा शान्ती थापा वैद्य, महासचिवमा राजेन्द्र पहाडी, सचिवमा विशाल क्षेत्री, कोषाध्यक्षमा बिना गोतामे चयन भएका छन् ।
कार्यसमिति सदस्यमा प्रदिप बगाले (स्याङजा), पार्वती विक (नवलपुर), अधिप पाण्डे (तनहुँ), मोहन गुरुङ (कास्की), तिलकबहादुर अधिकारी (कास्की), कृष्णसिंह बस्नेत ( गोरखा) र कल्याण भण्डारी (बागलुङ) चयन भएका छन् ।





