सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सुरु

दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सुरु


  • ढोरपाटन संवाददाता
  • पुष २७ २०८०, शुक्रबार

पोखरा / दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८० गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा विहिवार देखि सुरु भएको छ ।

“स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ माछापुच्छे« गाउँपालिकाको आर्थिक सहयोगमा खेलकुद विकास समिति माछापुच्छे«को आयोजना साथै ३ न। वडा कार्यालय घाचोकको व्यवस्थापन र भलिबल सघ माछापुच्छ्रेकोे समन्वयमा माछापुच्छे«–३, घाचोक मेधराज मा।विको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो ।

विहिवार भएका खेलमा रुपा गा.पा कास्कीले माछापुच्छ्रे गा.पा रातोलाई , निसिखोला गा.पा बाग्लुङले मोदी गा.पा पर्वतलाई हराएको छ । अन्नपुर्ण गा।पाले प्रतिस्पर्धी क्लब बाग्लुङ न।पा बाग्लुङ र माछापुच्छे« गा।पा निलो कास्कीले पुतलिबजार न.पा स्याङजाले वाक ओभर दिएपछि आगामी यात्रा तय गरेका हुन । साथै गल्कोट नगरपालिका वाग्लुङ र शुक्लागण्डकी न.पा तनहुँ विच भएको खेल लाईट पोटेष्टका कारण स्थगित भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सामाजिक विकास तथा मन्त्रालय मन्त्री मन्त्री, माननीय श्री सुशिला सिंखडाले खेला मानब जिवनका लागि अत्यावस्यक रहेको बताउदै खेलकुदको विकासले विस्वमा देशको नाम उच्च राख्न सकिने बताइन । स्थानीय, प्रदश र केन्द्र, ३ नै तहको सरकारले खेललाई प्रथामिकतामा राखेकाले यस्ता प्रतियोतिा आयोजना गरिएको उल्लेख गरिन ।
गाउँपालिका अध्यक्ष मिन ब. गुरुङले युवाहरुलाई खेलप्रति आकर्षित गर्न र खेलकुदको माध्यमबाट गाउँपालिकालाई चिनाउने उदेश्यले आयोजित कार्यक्रममा सहभागि टिम साथै उपस्थित सम्पुर्ण दर्शकलाई धन्यवाद दिदै खेलले गलत बाटोमा भौतारीरहेका यूवा जनशक्तिलाई प्रगती र उत्थानको बाटोमा डोयाउन सकिने र सामाजिक रुपान्तरणका लागि खेलकुद भन्दा सजिलो अर्को बाटो छैन भन्नेमा जोड दिए ।
कार्यक्रममा स्थानीय विभिन्न आमासमुह, युवाक्लब साथै सामाजिक संघसंस्थाहरुको सहमागितामा झाकी सहितको ¥याली निकालिएको थियो ।
माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिन व। गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत वडा न.३ घाचोकका अध्यक्ष हरिशचन्द्र लाम्साले र संचालन माछापुच्छ्रे गाउँपालिका भलिबल संघका सचिव होम प्रसाद गुरुङले गरेका थिए ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ३ लाख र दोस्रो हुने टिमले नगद रु २ लाख साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ त्यस्तै सेमिफाइनल प्रबेश गरेका २ टिम लाई जनही रु ५०÷५० हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ७ हजार साथै विभिन्न विधागत तर्फ स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर, सर्भर र प्रशिक्षकलाई जनही रु ५ हजारका दरले पुरस्कार प्रदान गरिने छ । पौष २८ गते सम्म संचालन हुने प्रतियोगिता सञ्चालनका लागि १२ लाख ८३ हजार लाग्ने आयोजकको अनुमान छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->