शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

पोखरामा राजा खोज्दै रवीन्द्र मिश्र

पोखरामा राजा खोज्दै रवीन्द्र मिश्र


  • ढोरपाटन संवाददाता
  • पुष २८ २०८०, शनिबार

पोखरा/ काठमाडौंबाट २ सय किलोमिटरको यात्रा छिचोलेसँगै झर्ने ठाउँको नाम हो–पृथ्वीचोक । पृथ्वी राजमार्गको निर्माण र राजा पृथ्वीनारायणको शालिक ठडिएसँगै नयाँ नाम पाएको यो यो ठाउँमा अहिले पृथ्वीनारायणको शालिक छैन । २०६४ साल वैशाख १८ गते मजदुर दिवस मनाउने क्रममा पृथ्वीनारायण शाहको शालिक फुटाइयो । माओवादीले नेतृत्व गरेको जुलुसले राजाको शालिक फालेसँगै त्यहाँ प्रथम शहीद लखन थापालाई उभ्याइयो । नाम बदलेर लखनचोक राखियो ।

राजाको शालिक फालिएकोमा मन दुखाउनेहरु छँदैथिए । उता, पोखरा महानगरले २०७४ सालको असोज महिनामा चोकहरु फराकिलो पार्ने भन्दै लखनको शालिक पनि मिल्काइदियो । मगर संघ आन्दोलनमा उत्रियो । तत्कालीन मेयर मानबहादुर जिसीले महानगरकै पैसामा त्यहाँ लखनकै शालिक स्थापना गर्ने सहमति गरे ।

सहमतिलाई लिएर फेरि असन्तुष्टि चुलियो । अघिल्लो वर्षको पुस २७ गते पृथ्वीजयन्ती मनाउने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीले लखन थापाको शालिकमुनि पृथ्वीको प्रतिमा राख्यो । त्यहीँ जयन्ती मनायो । गएको साउनमा आदिवासी जनजाति दिवस मनाउने क्रममा असन्तुष्ट पक्षले त्यो प्रतिभा फालेपछि पुनः विवाद बढ्यो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नै प्रतिभा फालिएकोमा आपत्ति जनाए ।

यो त भयो पृथ्वीचोकको कथा ।

पोखरा महानगरपालिकाले पोखरा १८,जामुनबोटमा शहीद पार्क बनाएको छ । हवाइ दुर्घटनामा ज्यान गुमाएका पूर्वमन्त्री रवीन्द्र अधिकारीदेखि अन्य व्यक्तिहरुको शालिक त्यहीँ ठडिएको छ । शहीदपार्कमा राजा पृथ्वीनारायण पनि अटाएका छन् । यो वर्षको पृथ्वीजयन्ती पारेर शुक्रबार गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पनि ‘पृथ्वीजयन्ती र एकता दिवस’को शुभकामना दिएका छन् । उता, राप्रपाका नेता÷कार्यकर्ताहरु पोखराको मुख्य भाग अर्थात् महेन्द्रपुलबाट दक्षिणतर्फ करिब ३ किलोमिटरको दूरीमा रहेको जामुनबोट नै पुगेर राजाको शालिकमा फूल चढाएका छन् । र, त्यो समूहको नेतृत्व राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र नै गरे । राप्रपाको तर्फबाट गण्डकी प्रदेश सांसद बनेका पञ्चराम गुरुङ,कास्की राप्रपाका पुराना नेता नारायण गुरुङसहितका नेता–कार्यकर्ताहरुले जामुनबोट पुगेर राष्ट्रनिर्माताप्रति श्रद्धा व्यक्त गरिएको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिए । उनका अनुसार शुक्रबार दिउसो पृथ्वीचोकमा अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको जानकारी दिए । राष्ट्र गौरव अभियानको नाममा आयोजित यो कार्यक्रमलाई अन्य १० वटा जातीय तथा धार्मिक संस्थाले सघाएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->