शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

ताङ्वे समाजको शैक्षिक सम्मान

ताङ्वे समाजको शैक्षिक सम्मान


  • ढोरपाटन संवाददाता
  • पुष २९ २०८०, आइतबार

पोखरा/ताङ्वे समाज सेवा संघ पोखरा ५, पस्र्याङले नयाँ वर्ष ढुक ल्हो(२०२४) एवम् छउ पर्वको शुभ अवसरमा शनिबार शैक्षिक सम्मान र तारा खेल समापन गरेको छ ।

समाजले २०५७ साल देखि एसइई,प्लसटु,स्नातक र स्नातोकोत्तर तह उत्तीर्ण गर्ने ताङ्वेतानीहरुलाई हरेक वर्ष सम्मान गर्दै आइरहेको अध्यक्ष कर्साङ्ग छवाङले बताए ।
यस वर्ष सम्मानित हुनेहरुमा एसईईतर्फ सुवाङ्क्षा गुरुङ,सरदी गुरुङ,भुवन गुरुङ,डेजी गुरुङ र जेमन गुरुङ रहेका छन् । त्यसमध्ये सर्वउत्कृष्ट अङ्ग ल्याउने सरदी र सुवाङ्क्षाले नगद ५ हजार रुपैयाँ र सम्मानपत्र प्राप्त गरे । त्यस्तै स्नातकोत्तर तह उत्तीर्ण गर्ने वरदान ताङवे लामाले नगद १० हजार रुपैयाँ र सम्मानपत्र प्राप्त गरे।

समाजमा २ दिनसम्म सञ्चालन भएको तारा खेल समापन गर्दै विजेताहरुलाई पुरेस्कार वितरण गरिएको छ । जसअन्तरर्गत विनोद ताङ्वे पहिलो,नारायण ताङ्वे दोस्रो र समीर ताङ्वे तेस्रो भए उनीहरुले क्रमशः ५ ,३ र २ हजार रुपैयाँ प्राप्त गरे । यसै गरी ३ समूहमा भएको खेलमा विनोद,लाला र इमानको समूह पहिलो भयो,महेन्द्र,अमित र सन्देशको समूह दोस्रो र समीर,प्रविन तेम्वाको समूह तेस्रो हुदै क्रमशः ६ ,४ हजार ५ सय र ३ हजार रुपैयाँ प्राप्त गरे ।

कार्यक्रममा प्राध्यापक डा.माया लामाले नयाँ वर्ष ढुक ल्हो (२०२४) एवम छउ पर्वको शुभकामना व्यक्त गदै आफ्नो बुबा र श्रीमानको स्मृतिमा ५ वर्षको लागि ,स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गर्नेहरुलाई प्रोत्साहन स्वरुप १० हजार रुपैयाँ प्रदान गदै आइरहेको बताइन् । कार्यक्रममा संघका सचिव चेतन आनन्द सिंह कोषाध्यक्ष फुर्प छिरिङलगायतले बोलेको थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->