पोखरा / टाइगरग्रुप अप पोखराको आयोजनामा आज देखि चौथो संस्करणको टाइगरकप राष्ट्रिय तथा अन्तरास्ट्रिय आमन्त्रित महिला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा महिला तर्फका खेल सुरु भएका छन् ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको पहिलो खेलमा एपिएफले पुलिसलाई ३-२ को सेटमा हरायो
पुलिसले खेलमा उत्कृष्ट पुनरागमन गरेपनी अन्तिम सेटमा सम्हालिन नसक्दा हार व्यहोरेको हो । पहिलो दुई सेट गुमाएको पुलिस तेस्रो सेटबाट खेलमा फर्कीयो ।
पहिलो सेटमा एपीएफले २५-१८ को जित हात पार्यो । दोस्रो २५-१८ ले आफ्नो पोल्टामा पार्दा तेस्रो सेटमा पछि पर्यो ।
तेस्रो सेट पुलिसले २५- १९ ले आफ्नो पक्षमा पार्दै खेलमा फर्कने सम्भावना जिवित पारेको हो । चौथो सेटको सुरुवातदेखी पुलिस हावी भयो । एक समय पुलिसले १२-५ को स्थिति बनाएको थियो । त्यसपछी पुलिस अघि बढ्दै २५-१८ को सेटमा नै हरायो ।
अन्तिम सेटको सुरुवातमा पुलिसले अग्रता लिएपनी जोगाउन नसक्दा १५-१३ को हार व्यहोर्यो । खेलको टाइगर अफ दि म्याच एपीएफकि सरस्वती चौधरी घोषित भइन ।
प्रतियोगिताको विजेताले (महिला-पुरुष) ले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गर्नेछन भने उपविजेताले दुई लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । तेस्रो हुने टिमले एक् लाख २५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार ५ सय ५५ रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीले एक्सटिप फेसनको जुत्ता प्राप्त गर्नेछन् ।
दर्शकका लागि यसपटक अस्थाई प्यारापिटको क्षमतामा समेत वृद्धि गरिएको छ । प्रतियोगित हेर्न आउने जेष्ठ नागरीक र फरक क्षमता भएका व्यक्तिहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने हरेक दिन टिकट काटेर आउने दर्शकमध्ये गोलाप्रथाबाट एक जनालाई यसअघि केल्मेको भनिएपनि एक्सटेप फेसनको टिसर्ट प्रदान गरिने छ भने फाइनलमा एक दर्शकलाई सामसुङको मोबाइल प्रदान गरिनेछ ।
प्रतियोगिताको महिलातर्फ समूह ‘ए’ मा एपिएफ, गण्डकी र पुलिस रहेका छन् । यस्तै समूह ‘बी’ मा त्रिभुवन आर्मी, चन्द्रगिरी नगरपालिका न्यु डायमण्ड र हरियाना टिम भारत रहेका छन् । पुरुषतर्फको समूह ‘ए’ मा गण्डकी प्रदेश, त्रिभुवन आर्मी र हेल्प नेपाल स्पोट्र्स क्लब तथा समूह ‘बी’ मा एपिएफ, नेपाल पुलिस र श्रीलंका आर्मी टिम रहेका छन् । प्रतियोगिता माघ ६ गतेसम्म सञ्चालन हुनेछ ।





