पोखरा / पोखरामा जारी चौथो संस्करणको टाइगरकप भलिबलमा त्रिभुवन आर्मीले भारतको हरियाणा टिमलाई ३-२ को सेटमा हराएको छ ।

अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेटमा आर्मीले २५-२२ ले हरायो । दोस्रो सेट भने आर्मी २०-२५ ले पछि पर्यो । आर्मी तेस्रो सेटमा हरियाणासँग १८-२५ ले स्तब्ध भयो । चौथो सेटमा आर्मी खेलमा फर्कदै २५-१७ को जित हासिल गर्यो । अन्तिम सेटमा १५-१२ को जित निकाल्दै अन्तिम चारको सम्भावना जिवितै राखेको छ ।


महिला तर्फ यस अघि भएको समुह ए को खेलमा नेपाल पुलिसले गण्डकीलाई ३-० को सोझो सेटमा हरायो ।
तीन भारतीय खेलाडी लिएर पुलिसको सामना गरेको गण्डकीलाई दोहोरो अंक जोड्न समेत धौधौ पर्यो ।
पहिलो सेटमा पुलिसले गण्डकीलाई २५-१० को अती फराकिलो जित हासिल गर्यो । दोस्रो सेटमा गण्डकीको झन खस्कदो प्रदर्शन रह्यो । पुलिसले दोस्रो सेटमा २५-९ को जित हासिल गर्यो । तेस्रो सेटमा २५-१६ को जित हासिल गर्यो ।
पुरुषतर्फ अब एपिएफ र श्रीलंका आर्मी टिम र दोस्रो खेल आर्मी र हेल्प नेपाल बीच हुनेछ ।(तस्वीर : वसन्त शेर्पा )





