पोखरा/ पोखरामा जारी टाइगरकपमा नेपाल पुलिसले श्रीलंका आर्मीलाई ३-१ को सेटमा हराएको छ ।
पोखरा रंगशालामा जारी अत्यन्तै प्रतिस्पर्धात्मक बनेको पहिलो सेटमा पुलिसले श्रीलंका आर्मी माथी ४१-३९ को जित हासिल गर्यो । दोस्रो सेटमा श्रीलंका आर्मीले २५-१३ ले आफ्नो पक्षमा पार्यो । तेस्रो सेट पुलिसले २५-२० ले आफ्नो पक्षमा पार्यो । चौथो सेटमा पुलिसले २५-१७ को जित हासिल गरेको हो ।
यस अघि श्रीलंका आर्मी टिमले एपीएफलाई ३-१ को सेटमा हराउदै तीन अंक जोड्न सफल भएको थियो ।
एपिएफले भने पुलिसलाई ३-० को सोझो सेटमा हराउदै ३ अंक जोडेको थियो । पुलिसको समेत ३ अंक रहेको छ ।





