सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

जितेर पनि पुलिस बाहिरियो, एपीएफ र श्रीलंका सेमिफाइनलमा

जितेर पनि पुलिस बाहिरियो, एपीएफ र श्रीलंका सेमिफाइनलमा


  • ढोरपाटन संवाददाता
  • माघ ३ २०८०, बुधबार

पोखरा/ पोखरामा जारी टाइगरकपमा नेपाल पुलिसले श्रीलंका आर्मीलाई ३-१ को सेटमा हराएर पनि प्रतियोगिताबाट बाहिरिएको छ ।
समान ३-३ खेल जिते पनि प्राप्त अंकको आधारमा पुलिस बाहिरिएको हो । पुलिस बाहिरिदा एपीएफ र श्रीलंका आर्मी सेमिफाइनलमा प्रवेश गरेका छन्  । एपीएफ र श्रीलंका आर्मीको समान ४-४ अंक रहँदा पुलिसको ३ अंक रह्यो ।

पोखरा रंगशालामा जारी अत्यन्तै प्रतिस्पर्धात्मक बनेको पहिलो सेटमा पुलिसले श्रीलंका आर्मी माथी ४१-३९ को जित हासिल गर्‍यो । दोस्रो सेटमा श्रीलंका आर्मीले २५-१३ ले आफ्नो पक्षमा पार्‍यो । तेस्रो सेट पुलिसले २५-२० ले आफ्नो पक्षमा पार्यो । चौथो सेटमा पुलिसले २५-१७ को जित हासिल गरेको हो ।

यस अघि श्रीलंका आर्मी टिमले एपीएफलाई ३-१ को सेटमा हराउदै तीन अंक जोड्न सफल भएको थियो ।

एपिएफले भने पुलिसलाई ३-० को सोझो सेटमा हराउदै ३ अंक जोडेको थियो । पुलिसको समेत ३ अंक रह्यो  ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->