पोखरा / पोखरामा जारी टाइगरकपमा गण्डकी प्रदेशले हेल्प नेपाल स्पोर्ट्स क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
गण्डकीले हेल्प नेपाललाई ३-२ को सेटमा हराएको छ ।
टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको खेलको पुरुष तर्फको समूह ए को दोस्रो खेलमा हेल्प नेपालले दुई खेलबाट चार अंक बटुल्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।
पहिलो सेट गण्डकीले २५-१९ ले आफ्नो पक्षमा पार्यो । दोस्रो सेट गण्डकीले १५-२५ ले गुमाउँदा तेस्रो सेटमा गण्डकीले २५-१७ को जित निकाल्यो । चौथो सेट गण्डकीले २२-२५ ले गुमायो । पाचौं तथा अन्तिम सेटमा १५-१२ ले हराउदै गण्डकीले जित हासिल गरेको हो ।
यस अघि हेल्प नेपालले त्रिभुवन आर्मीलाई ३-० को सोझो सेटमा हराएको थियो । हेल्प नेपालको ३ अंक रहेको छ ।
त्यस अघि गण्डकी र आर्मी बिच उद्घाटन खेल रहेपनी लाइट प्रोटेस्टका कारण खेल रोकिएको छ । उक्त खेल भोलि हुनेछ ।
समूह बि बाट एपिएफ र श्रीलंका आर्मी फाइनल प्रवेश गरेको छ ।







