पोखरा/ पोखराको अमरसिंहचोकमा पार्किङ गरिराखेको जीप चोरी गरेको आरोपमा प्रहरीले एकजना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा १४,खाल्डेमसिना बस्ने २० वर्षीय गोविन्द परियार रहेका छन् । परियारले बुधबार राति करिब साढे एक बजेतिर ग २ च २३४३ नम्बरको जिप चोरेका थिए । प्रहरीले उनलाई जीप चलाउँदै गरको अवस्थामा जीपसहित पक्राउ गरेको हो ।
यसअघि गएको मंसिरमा सहचालकको काम गर्दै आइरहेका १७ वर्षका बालकले पोखरा ९, पृथ्वीचोकमा पार्किङ गरी राखेको ग १ ख ९६३८ नम्बरको बस चोरी गरेका थिए । उनले सो बस चलाएर नै चितवन भरतपुर महानगरपालिका ११ आँपटारीबाट पु¥याएका थिए ।





