पोखरा/ पोखरामा जारी चौथो टाइगरकप भलिबलमा डिफेन्डिङ च्याम्पियन शसस्त्र प्रहरी बलको एपीएफ क्लबले आर्मीलाई हराउँदै फाइनल प्रवेश गरेको छ ।
टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा एपीएफले आर्मीलाई ३-२ को सेटमा हराउँदै फाइनल प्रवेश गरेको हो ।
अत्यन्तै रोमाञ्चक बनेको खेलको पहिलो दुई सेट जितेको आर्मीले पछिल्ला ३ सेट गुमाउन पुग्यो ।
त्रिभुवन आर्मीले पहिलो सेट २५-१९ र दोस्रो सेट २५-२० ले आफ्नो पक्षमा पार्यो । तेस्रो सेटमा आर्मी पछि पर्यो । उक्त सेट आर्मी १२-२५ ले पछि पर्यो । चौथो सेटमा समेत आर्मी १६-२५ ले पछि पर्यो ।
अन्तिम सेटमा १३-१५ को हार व्यहोर्दा फाइनल प्रवेशबाट रोकिएको हो ।





