शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

टाइगर कप : पुलिसलाई हराउँदै न्यु डायमण्ड फाइनलमा

टाइगर कप : पुलिसलाई हराउँदै न्यु डायमण्ड फाइनलमा


  • ढोरपाटन संवाददाता
  • माघ ४ २०८०, बिहिबार

पोखरा/ पोखरामा जारी चौथो टाइगरकप भलिबलमा नेपाल पुलिसलाई  सोझो सेटमा हराउँदै चन्द्रागिरी न्यु डायमण्ड फाइनलमा प्रवेश गरेको छ ।

टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा डायमण्डले ३-० सेटमा हराउँदै फाइनलमा एपीएफको भेट पक्का गरेको  हो ।

न्यु डामण्डले २५-१९ ले पहिलो सेट आफ्नो पक्षमा पार्‍यो । दोस्रो सेट २५-१८ र तेस्रो सेट २५-१८ ले आफ्नो पक्षमा पारेको हो । खेलको टाइगर अफ दि म्याच सलिना बुढामगर घोषित भइन । सलिनाले उत्कृष्ट प्रदर्शनी गर्दै जित दिलाएकी हुन  ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->