सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

टाइगरकप भलिबल : आर्मीले हराएको  गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश

टाइगरकप भलिबल : आर्मीले हराएको  गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश


  • ढोरपाटन संवाददाता
  • माघ ४ २०८०, बिहिबार

पोखरा / विभागीय क्लब त्रिभुवन आर्मीले गण्डकी प्रदेशलाई ३-२ को सेटमा हराएअ पनि समूह चरणबाटै बाहिरिएको छ ।

टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी प्रतियोगिताको पुरुष तर्फको अन्तिम खेलमा आर्मीले जित हासिल गरेपनी अंक तालिकामा गण्डकी र हेल्प नेपाल भन्दा पछि रहदै  बाहिरिएको हो । हेल्प नेपाल चार अंकका साथ शिर्षस्थानमा र गण्डकी तीन अंकका साथ दोस्रो स्थानम रहदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

अत्यन्तै रोमाञ्चक बनेको खेलको पहिलो सेट २०-२५ ले गुमाएको गण्डकीले दोस्रो सेटमा २५-२० र तेस्रो सेट २५-१७ ले जितेसँगै फाइनल प्रवेश गर्न सफल भएको हो । चौथो सेट गण्डकीले २१-२५ ले गुमायो । गण्डकीले अन्तिम सेट ६-१५ ले गुमायो ।

गण्डकीले यस अघि हेल्प नेपाललाई ३-२ को सेटमा हराएको हो भने हेल्प नेपालले आर्मीलाई सोझो सेटमा हराएको हो ।
समूह बि बाट एपिएफ विजेता र श्रीलंका आर्मी टिम उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरिसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->