सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

एपीएफलाई हराउदै गण्डकी फाइनलमा

एपीएफलाई हराउदै गण्डकी फाइनलमा


  • ढोरपाटन संवाददाता
  • माघ ५ २०८०, शुक्रबार

पोखरा/ पोखरामा जारी चौथो टाइगर कप भलिबलमा एपीएफ क्लबलाई ३-० को सोझो सेटमा हराउँदै गण्डकी प्रदेश फाइनलमा प्रवेश गरेको छ ।

टाइगरग्रुप अफ पोखराको आयोजनामा पोखरा रंगशाला भलिबल कोर्टमा जारी सेमिफाइनलमा विभागीय क्लब एपीएफलाई हराउँदै फाइनल प्रवेश गरेको हो  ।

गण्डकीले  २५-१७ , २५-२० र २५-२२ ले जित हासिल गरेको हो ।
गण्डकीले फाइनलमा हेल्प नेपालको सामना गर्ने छ । यस अघि गण्डकीले समूह चरणमा हेल्प नेपाललाई ३-२ को सेटमा हराएको थियो ।
हेल्प नेपालले यस अघि भएको सेमिफाइनलमा श्रीलंका आर्मीलाई ३-१ ले हराउँदै फाइनल प्रवेश गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->