शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

उच्च पहाडी क्षेत्रमा सोमबारसम्मै हिमपातको सम्भावना

उच्च पहाडी क्षेत्रमा सोमबारसम्मै हिमपातको सम्भावना


  • ढोरपाटन संवाददाता
  • माघ ६ २०८०, शनिबार

काठमाडौं /आज पनि तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा भने हिमपातको सम्भावना रहेको छ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले पहाडी भू-भागमा आंशिक बदली भएको छ । जसका कारण कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आइतबार र सोमबारसम्मे मौसम आंशिकरुपमा बदलिने र उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हिमपात हुने सम्भावना छ । तराईमा हुस्सुरकुहिरो र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुँदा चिसो बढ्ने भएकोले सतर्क रहन महाशाखाले सचेत गराएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->