सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

चौथो टाइगर कप : उपाधिमा एपीएफको ह्याट्रीक

चौथो टाइगर कप : उपाधिमा एपीएफको ह्याट्रीक


  • ढोरपाटन संवाददाता
  • माघ ६ २०८०, शनिबार

पोखरा / पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिताको महिला उपाधिमा  एपीएफले ह्याट्रीक गरेको छ । शनिबार भएको फाइनलमा चन्द्रागिरी न्यु डायमण्डलाई ३-० को सोझो सेटमा हराउँदै तेस्रो पटक उपाधि चुमेको हो ।

पहिलो दुई सेटमा खराब प्रदर्शन गरेको न्यु डायमन्डलाई पहिलो सेटमा एपीएफले २५-२० र दोस्रो सेटमा २५-१८ ले हरायो ।

तेस्रो सेटमा २५-२१ ले हराउँदै उपाधिसँगै एपीएफले पाँच लाख रुपैयाँ प्राप्त गरेको छ । एपीएफ दोस्रो तेस्रो संस्करण विजेता हो । अब पुरुष तर्फ गण्डकी प्रदेश र हेल्प नेपाल बिच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->