पोखरा/ पोखरा महानगरपालिका १७ विरौटा सुशान्त टोलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जीवन अमूल्य छ बाचौं र बचाउँ भन्ने नाराका साथ सुशान्त क्लव विरौटाले स्थापनाको प्रथम वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
शनिवार भएको कार्यक्रमको प्रदेश नं ३ ख का सांसद प्रकाश बरालले पानसमा बत्ती बालेर साथै क्लबका अध्यक्ष टिकाराम पौडेलले ब्लड ब्याग हस्तन्तर गरेसँगै पहिलो रक्तदाता भयर संसद बरालले कार्यक्रमको उद्घाटन गरेका हुन ।
प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा सम्पन्न भएको कार्यक्रममा ३९ युनिट रगत संकलन भएको क्लवका अध्यक्ष टिकाराम पौडेलले जानकारी दिए ।





