शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

बगर भाइखलकले खेलाडी छात्रवृत्तिका लागि च्यारिटी डिनर गर्दै

बगर भाइखलकले खेलाडी छात्रवृत्तिका लागि च्यारिटी डिनर गर्दै


  • ढोरपाटन संवाददाता
  • माघ ८ २०८०, सोमबार

पोखरा / बगर भाइखलक पोखराले ग्रास रुट फुटबल प्रशिक्षणका लागि च्यारिटी डिनरको आयोजना गर्ने भएको छ । पोखरा १ बगरमा स्थापित सामाजिक संस्था बगर भाइखलकले आर्थिक अवस्था कम्जोर भएका खेलाडीहरुलाई सहयोगार्थ च्यारिटी डिनरको आयोजना गर्न लागेको अध्यक्ष दिल बहादुर गुरुङले जानकारी दिए ।

‘हामीले ग्रास रुट फुटबलका प्रशिक्षणका लागि तेह्रौं बगर भाइ खलक भेट्रान फुटबल प्रतियोगिता आयोजना गर्दै आइरहेका छौं । ग्रासरुट फुटबल प्रशिक्षणमा अभावका कारण कतिपय प्रतिभावान खेलाडीहरुको सहभागिता रहन सकेको छैन्’ उनले भने, ‘हामीले साना–साना खेलाडीहरुलाई छात्रवृत्ति प्रदानका लागि कोष वृद्धि गर्न च्यारिटी डिनरको आयोजना गर्न लागेका हौं ।’
च्यारिटी डिनर पोखरा ९ बास्तोलाथर स्थित पोखरा पार्टी प्यालेसमा आगामी शुक्रबार हुँदैछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->