पोखरा/ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गुमेको पार्टीलाई सत्तामा ल्याउँदा पनि जस नदिएकोमा असन्तुष्टि जनाएका छन् ।
‘पार्टीलाई सत्तामा ल्याउनुप¥यो नि । सत्ता भनेपछि, आफ्नो केही नभएपछि लौ शेरबहादुरले बिगा¥यो–बिगा¥यो भन्ने । फेरि ल्याएपछि भएन भन्ने ?,’उनले भने,‘सत्ता भनेको सबैलाई आवश्यक छ नि नेपालमा । संसारभर नै अहिले सत्ताको लागि महाभारत नै छ नि । चुनाव भनेको त्यही हो ।’
उनी मंगलबार पोखरामा आयोजित नेपाली कांग्रेस कास्कीको जिल्ला सम्मेलनमा बोल्दै थिए ।
उनले अहिलेको संविधान अनुसार कुनै पार्टीको बहुमत नआउने भएकाले कुनै पार्टीसँग मिलेर सरकार बनाउनु बाध्यता भएको दोहो¥याएका छन् । नेपाली कांग्रेस ठूलो पार्टी भएकाले निर्णयप्रति कसैको चित्त नबुझ्नु स्वभाविक भएको बताउँदै उनले गठबन्धन नगरिकनै जित्ने पार्टी बनाउन कार्यकर्तालाई आह्वान पनि गरे ।
‘गठबन्धन नगरेरै जित्ने पार्टी बनाउनुस् । बलियो बनाउनुस् न,’उनले भने,‘ जनता भनेको सवैभन्दा ठूलो हो,जनता हो मालिक यो देशको । जनतामा जानुपर्छ, भेटघाट गर्नुहोस्, यहाँ कसैको विरोध गरेर ठूलो हुँदैन ।’
उनले नेपाली कांग्रेस क्रियाशील र साधारण गरी दुई किसिमका सदस्य भएको मासबेस पार्टी भएको बताउँदै त्यसलाई एउटै बनाउन सक्ने पनि बताए । यद्यपि, पार्टी मासबेस नै हुनुपर्ने उनको भनाइ थियो । फरक प्रसंगमा उनले समानुपातिक र समावेशीताको मान्यताबाट पार्टी पछाडि नफर्कने स्पष्ट पारे ।
‘नेपाल समानुपातिक–समावेशी देशमा गइसक्या छ । नेपाल सवैको देश हो । यो दलित,जनजाति, क्षेत्री–बाहुन सबैको देश हो । मंगलबार पोखरामा आयोजित नेपाली कांग्रेस कास्कीको जिल्ला सम्मेलनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले भने,‘त्यस कारण सबैको देश भएकाले यसमा सबैको सहभागिता हुनुपर्छ ।’
भारतमा बडा मुस्किलले बल्ल आएर महिलालाई ३३ प्रतिशत दिने कुरा आइरहेको प्रसंग झिक्दै सभापति देउवाले भने,‘ यो संविधान समावेशी र समानुपातिक छ । नेपाल त अझ एउटा महिला पालिका अध्यक्ष वा उपाध्यक्ष, मेयर उपमेयर एउटा हनुपर्छ । संसारभरका देशमा यस्तो छैन । यसमा सबैको सहभागिता हुनु राम्रो हो ।’
नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालको समावेशी निर्वाचन प्रणालीबाट कसैको पनि बहुमत नआउने भएकोले संविधानको यो व्यवस्था खारेज हुनुपर्ने प्रस्तावप्रति असहमति जनाउँदै देउवाले सो अभिव्यक्ति दिएका हुन् । कास्की कांग्रेसका सभापतिबाट प्रस्तुत राजनीतिक प्रतिवेदनमा समावेश सो बुँदाप्रति सहमहामन्त्री जीवन परियारले पनि आपत्ति जनाएका थिए ।
पार्टीका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले सोही मञ्चबाट संविधानमा रहेको धर्म निरपेक्षता हटाउनुपर्ने र त्यसको बदलामा धार्मिक स्वतन्त्रता राख्नुपर्ने विषय उठाए पनि देउवाले त्यो विषयमा केही बोलेनन् । शशांकले भनेका थिए,‘धर्म निरपेक्षता शब्द नकारात्मक छ,जुन देशमा धर्म नै धर्म छ, त्यहाँ धर्म निरपेक्ष हुनुहुँदैन ।’ उनले धर्मको कुरा उठाए पनि धर्मकै नाममा राजनीति गर्न नहुने चाहिँ बताए ।
पोखरा एयरपोर्टबाट नेपाली जहाज उड्नुपर्छ
सभापति देउवाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली जहाजहरुले उडान भर्न थाले विदेशी जहाज आफैं आउने तर्क पनि गरे । हालसम्म पोखरा एयरपोर्टबाट ४ वटा चार्डर्टबाहेक अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।
‘एयरपोर्टको सम्बन्धमा पछि गएर चाहिने, नेपालबाटै,नेपाली जहाजहरु बढ्यो भने, विदेशी पनि आउँछन् । विदेशी जहाज आउन गाह्रो छैन । वास्तवमा वेट धान्न सक्दैन भन्छन् । भार थाम्न नसकेपछि यसकारण चाहिँ यसको चिन्ता गर्न पर्दैन,’उनले भने । उनको आशय नेपालको ध्वजाबाहक वायुसेवाले अन्तर्राष्ट्रिय उडान भर्नुपर्छ भन्नेतर्फ केन्द्रीत थियो ।
उनले पोखरा आफैंमा पर्यटकी ठाउँ भएको बताउँदै यहाँका तालको संरक्षण गरिनुपर्ने धारणा पनि राखे ।
‘यो महत्वपूर्ण ठाउँ हो । कास्की–पोखरा पर्यटकीय राजधानीको रुपमा विकसित भएसकेको छ, हुनुपर्छ । नेपालमा पर्यटकको संख्या बढेको छ । रेमिट्यान्स बढेको छ । त्यसैले चाहिँ कास्की पोखराको भविष्य अत्यन्तै राम्रो छ,’उनले भने,‘तलाउ बचाउनुपर्छ । हेर्न मान्छे आउँछन्, डुंगा चलाउन मान्छे आउँछन् ।’
सहकारी कांग्रेसको बनाऊँ
दुई दर्जनभन्दा बढी नेताहरुको लम्बेचौडे भाषणमा उठेका मुख्य विषयबारे उत्तर दिन भ्याएका सभापति देउवाले सहकारीको सुरुवात नै कांग्रेसले गरेको र सहकारीलाई कांग्रेको बनाउनुपर्ने पनि बताए ।
‘सहकारी गिरिजाप्रसाद कोइरालाले सुरु गरेको हो, सहकारी सुरु गर्ने हाम्रो पार्टी हो । कांग्रेसले बनाएको सहकारी एमालेले लगिदियो, सहकारीलाई जसरी हुन्छ कांग्रेसमा ल्याउनुपर्छ,’उनले भने ।
यसअघि देउवालाई सूर्यदर्शन सहकारी पीडितहरुले मञ्चमै पुगेर ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्रमा सहकारीमा डुबेको सर्वसाधारणको रकम फिर्ता गराउनको लागि सहजीकरणको माग गरिएको छ ।





