सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पोखरा मेथलाङमा जिप दुर्घटना, चालक गम्भीर घाइते

पोखरा मेथलाङमा जिप दुर्घटना, चालक गम्भीर घाइते


  • ढोरपाटन संवाददाता
  • माघ १० २०८०, बुधबार

पोखरा / पोखरा महानगरपालिका १८ मेथलाङमा जिप दुर्घटना भएको छ ।
जिप अनियन्त्रित भइ पल्टिएको हो । जिप चालक घाइते भइ उपचारका लागि अस्पताल लगिएको छ ।

सराङकोट ग्यारजातीबाट बागलुङ बसपार्क आउदैँ गरेको ग ३ च २६०३ नम्बरको बलेरो जिप दुर्घटनामा परेको हो ।

स्थानीयका अनुसार चालक कृष्ण बहादुर थापा रुखमा चापिएका थिए । उनको करिब आधा घण्टाको प्रयासपछी उद्दार गरि मणिपाल (यस अघि गण्डकी लेखिएकोमा सच्याइएको छ) अस्पताल लगिएको छ । जिपमा सवार चन्द्रकला थापा र हिमकला थापाको सकुशल उद्दार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवण कुमार विकले जिप अनियन्त्रित भइ पल्टिएको पुष्टि गरे ।  विवरण आउन बाकीँ ।

(तस्वीर : बलराम तुमिल्सिनाको फेसबुकबाट)

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->