सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

नेपाल र पाकिस्तानबीचको खेलमा देखियो क्रिकेटकै दुर्लभ दृष्य !

नेपाल र पाकिस्तानबीचको खेलमा देखियो क्रिकेटकै दुर्लभ दृष्य !


  • ढोरपाटन संवाददाता
  • माघ १० २०८०, बुधबार

पोखरा / आईसीसी यू-१९ विश्वकपअन्तर्गत नेपाल र पाकिस्तानबीचको खेलमा क्रिकेटकै दुर्लभ घटना भएको छ । विश्वकपअन्तर्गत बुधबार दक्षिण अफ्रिकाको बफेलो पार्कमा टस जितेर ब्याटिङमा आएको नेपालका ब्याटरले दौडिएरै पाँच रन लिए । विश्व क्रिकेटमा दौडिएर पाँच लिएको दृष्य निकै कममात्र देख्न पाइन्छ ।

नेपालका आकाश चन्दले ४९औँ ओभरको चौथो बलमा दौडिएरै पाँच रन ल्याएका हुन् । पाकिस्तानका मोहम्मद जिसानको बलमा आकाश र सुवास भन्डारीले दौडिएर पाँच रन ल्याए ।

जारी खेलको पहिलो इनिङमा नेपालले पाकिस्तानसामु १९८ रनको लक्ष्य प्रस्तुत गरेको छ । बफेलो पार्कमा नेपालले निर्धारित ५० ओभर खेल्दै सबै विकेट गुमाएर १९७ रनको योगफल बनाएपछि पाकिस्तानले जितका लागि १९८ रनको लक्ष्य पाएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->