बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

युआरएलको प्राविधिक सहयोगमा मदिरा व्यवसायीको शिविर

युआरएलको प्राविधिक सहयोगमा मदिरा व्यवसायीको शिविर


  • ढोरपाटन संवाददाता
  • माघ १५ २०८०, सोमबार

पोखरा/ मदिरा व्यवसायी समिती कास्कीको आयोजना र युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा पोखरामा मधुमेह तथा रगतमा हुने खराब बोसो (टिजी) सित्तैमा जाँच गरिएको छ । शिविरमा १५२ जनाको सित्तैमा मधुमेह र टिजी जाँच गरिएको हो ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले नेपालको स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको योगदान सरकारी क्षेत्रभन्दा निकै ठूलो रहेको जनाए ।
वरिष्ठ मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डा रमेशराज आचार्यले मधुमेह, थाइराइड, टिजी जस्ता समस्या आउनै नदिन र आएपछि पनि खानपान र जीवनशैलीको ठूलो भूमिका हुने औंल्याए ।

युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थ संस्थाले स्थापना कालदेखि स्वास्थ्य शिविरलाई अभियानकै रुपमा अघिबढाएको जनाए । युआरएलको १० वर्षे यात्रामा यसले १ लाख ७० हजारभन्दा बढीलाई शिविरहरुमार्फत् सित्तैमा सेवा दिएको छ । युआरएलले विभिन्न संघ, संस्थासँग सहकार्य गरी आयोजना गरेको यो १ सय ५८ औँ शिविर हो ।

मदिरा व्यवसायी समिति कास्की अध्यक्ष सुरेश घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका गण्डकी प्रदेश अध्यक्ष गोविन्द केसी र जिल्ला कार्यसमिति सदस्य कृष्णप्रसाद पौडेलले पनि बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->