दमौली / पृथ्वी राजमार्गमा अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ढापटारमा आइतबार राति ८:५० बजे भएको दुर्घटनामा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा आबुखैरेनी-३ का २६ वर्षीय सफल राना मगर रहेको प्रहरीले जनाएको छ ।
आँबुखैरेनीबाट डुम्रे जाँदै गरेको ग १ क ५०१२ नम्बरको मिनी ट्रक र सोही दिशामा आउँदै गरेको प्र.३-०२-००९प ८५३० नम्बरको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले बताए ।
उनका अनुसार दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक मगरको आँबुखैरेनी अस्पतालमा उपचार गरी थप उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर चितवन लगेकोमा राति १२ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
मिनी ट्रक र चालक इलाका प्रहरी कार्यालय आँबुखैरेनीले नियन्त्रणमा लिइ घटनामा अनुसन्धान भइरहेको जनाएको छ ।





