बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

भूमे आधारभूतमा आकाशगंगा

भूमे आधारभूतमा आकाशगंगा


  • ढोरपाटन संवाददाता
  • माघ १७ २०८०, बुधबार

पोखरा/ अन्नपूर्ण गाउँपालिका सुदामेस्थित श्री भूमे आधारभूत विद्यालयको छात्रावासमा अस्ट्रियन कलाकार हाइन्ज प्रएन्स्टरले आकाशमा तारा चम्किरहेको आभास दिने आकाशगंगा कलाकृति निर्माण गरेका छन् ।

कलाकार हाइन्जले विद्यालयको छात्रावासको छतमा विशेष खालको पेन्टिङ र रङको प्रयोग गरी चम्किरहेका ताराहरूको मनमोहक क्यानभास तयार गरेका छन् । रातिमा विद्युतको प्रकाशले १५ सेकेन्डमै चार्ज हुने हुँदा शान्तिपूर्ण सङ्गीतको माहौल बनाइ आरामदायी निद्रा र शान्तिपूर्ण सपनाका लागि वातावरण तयार गर्छ । विद्यार्थीका लागि यसले खगोलीय अनुभूति दिने छ । छाताघरलाई अलौकिक प्रकाशको साथले रमाइलो वातावरण प्रदान गर्ने कलाकारको धारणा छ ।

हिमालयको काखमा रहेको विद्यालयको वातावरणबाट प्रभावित भएर हाइन्जले पहिलो स्टारसिड कला उपहार दिएको जनाएका छन । यो नेपाल मै पहिलो पटक प्रयोग गरिएको स्थापत्य कला हो । यसबाट ३ देखि १३ वर्षसम्मका ८० जना विद्यार्थी लाभान्वित हुने छन् ।

अस्ट्रियाली कलाकार र नेपाली स्कुलबिचको सहयोगले आकाशगंगा र पर्यावतरण जागरुकताको महत्वलाई केन्द्रमा राखेको छ । कलात्मक उत्कृष्टतासँगै पर्यावरणीय दायित्वको सङ्गम भएकाले छात्रावासलाई चम्किला ताराको आकाशमा परिवर्तन गरेको छ ।

आकाशगंगा निर्माणसँगै कलाकार हाइन्जले विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग र खाद्यन्य हस्तान्तरण गर्न पाउँदा आफू नेपालप्रति खुसी रहेको जनाए ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->