बागलुङ/प्रेस चौतारी नेपाल बागलुङ शाखाले आयोजना गरेको प्रेस चौचारी कप २०८० शुक्रवारदेखि शुरु भएको छ ।
प्रेस चौतारी नेपाल, बागलुङ शाखाले २६ औं स्थापना दिवशको अबसरमा अन्तर बिद्यालय स्तरीय फुटवल प्रतियोगिता आयोजना गरेको हो । शुक्रबार प्रेस चौतारी नेपालका केन्द्रीय उपमहासचिव राजु सुवेदीले उद्घाटन गरे ।
खेलमा १२ बिद्यालयको सहभागिता छ । शुक्रवार भएका चार खेलबाट क्वाटर फाइनल समीकरण पुरा भएको छ । शनिवार क्वाटर फाइनलकालागि चिल्ड्रेन लाइफ र रेश नुन्थला माबि, फ्युचर ब्राइट र सिगाना माबि तित्याङ, अर्दश बिद्यामन्दिर र मुलपानी माबि तथा अमर आदर्श र रुद्रे पिपल माबि भिड्नेछन् ।
शुक्रवार भएको पहिलो खेलमा चिल्ड्रेन लाइफले बिद्यामन्दिर माबिलाई ३–२ गोल अन्तरले पराजित ग¥यो । चिल्ड्रेन लाइफका सुनिल थापाले खेलको १८ औ मिनेटमा गो गरेर खेलमा अग्रता दिए । दोश्रो हाफको १६ मिनेटमा पनि थापाले नै गोल गरे । २४औं मिनेटमा दानबहादुर थापाले गोल गरेर तीन गोलको अग्रता दिलाए ।
हारबाट बाहिरिनुपर्ने तनाबमा परेको बिद्यामन्दिरका सोमबहादुर घर्तीले तत्कालै सोही २४ मिनेटमै गोल फर्काए । त्यतिमात्र हैन बिद्यामन्दिरकै सिसन क्षेत्रीले २५ औं मिनेटमा अर्को गोल थपे । खेल बराबरी बनाउने प्रयासमा भने बिद्यामन्दिरको जोडबल चलेन ।
दोश्रो खेल फ्युचर ब्राइटरले भिमसेन माबिलाई ४–शुन्य गोल अन्तरले पराजित ग¥यो । फ्युचरकालागि विश्व नेपालीले १३ औं मिनेटमा गोल गरेर खेललाई अग्रतामा लगे । पहिलो दोश्रो हाफको तेस्रो मिनेटमा फ्युचरकै नितेश जिसी, १५ औं मिनेटमा विश्व नेपाली र २५ औं मिनेटमा रोशन सुनारले गोल गरेर भिमसेन माबिलाइ स्तब्ध बनाए ।
तेस्रो खेलमा आर्दश बिद्यामन्दिरले न्यु ओएसिस एकेडेमीलाई २–१ गोलको अन्तरले पराजित ग¥यो । आदर्शकालागि बिजय रोकाले ४ मिनेटमै गोल गरेर खेललाई अग्रता दिलाए । दोश्रो हाफको छैठौ मिनेटमा आदर्शकै अभिषेक सापकोटाले गोल गरे । दोश्रो हाफको १५ औं मिनेटमा न्यु ओएसिसका सुसिम जिसीले पहिलो गोल फर्काएका थिए ।
चौथो खेल रुद्रे पिपल माबिले जितेको छ । रुद्रे पिपलले गुराँस बिद्या सदनलाई २–१ गोलले पराजित ग¥यो । पहिलो हाफ गोल रहित बराबरी खेलेपनि दोश्रो हाफको छैठौ मिनेटमा आयुष पौडेल र १७ औं मिनेटमा नारायण पौडेलले गोल गरेर खेललाई अग्रता दिलाए । खेलको २५ औं मिनेटमा गुराँसका सिर्जन शर्माले एक गोल फर्काए । गुराँसका दिवश मगरले पहेलो कार्ड समेत पाए । खेलमा बिजेता हुनेले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । उपबिजेताले २५ हजार नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । उत्कृष्ठ खेलाडी सम्मान समेतको व्यवस्था छ । प्रतियोगिताकालागि आयोजकले ४ लाख ७२ हजारको लागत अनुमान पेश गरेका छन् । यो खेलकालागि जिल्ला फुटबल संघ र जिल्ला खेलकुँद बिकास समितिले प्राविधिक सहयोग गर्ने बताइएको छ ।





