सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

आहा रारा पोखरा गोल्डकपमा पहिलोपटक आर्मी बन्यो च्याम्पियन

आहा रारा पोखरा गोल्डकपमा पहिलोपटक आर्मी बन्यो च्याम्पियन


  • ढोरपाटन संवाददाता
  • माघ २० २०८०, शनिबार

पोखरा / लामो प्रतीक्षालाई तोड्दै विभागीय टिम त्रिभुवन आर्मी क्लब पहिलोपटक आहा रारा पोखरा गोल्डकपको च्याम्पियन बनेको छ । पाँचपल्टको विजेता थ्रीस्टार क्लबलाई पोखरामा शनिबार फाइनलमा ३-० ले पराजित गर्दै आर्मीले उपाधिविहीनताको अवस्थालाई टुंग्याएको हो ।

आर्मीको जितका लागि जिलेप्सीजंग कार्कीले ३८ औं मिनेट, फत्तेमान घलेले ८३ औं मिनेट र वसन्त जिम्बाले दोस्रो हाफको इन्ज्युरी समयमा गोल गरे । यसअघि २०७५ मा थ्रीस्टारले आर्मीलाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गरेको थियो ।

त्यतिबेला थ्रीस्टारको प्रशिक्षक रहेका मेघराज केसीले नै हाल आर्मीलाई सम्हाल्दै उपाधि दिलाएका हुन् । २३ औं आहा रारा गोल्डकपको उपाधिसँगै आर्मीले १२ लाख र उपविजेता थ्रीस्टारले ६ लाख रूपैयाँ प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->