सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पाेखरा जारी खुल्ला नेपाल स्नोकर प्रतियोगितामा आज देखि तेश्रो चरणका खेलहरु

पाेखरा जारी खुल्ला नेपाल स्नोकर प्रतियोगितामा आज देखि तेश्रो चरणका खेलहरु


  • ढोरपाटन संवाददाता
  • माघ २१ २०८०, आइतबार

 

पोखरा / पोखरामा जारी खुल्ला नेपाल स्नोकर प्रतियोगिता २०८० अन्र्तगत आज देखि तेश्रो चरणका खेलहरु भएकाछन् । पोखरा स्थित ड्यामसाइडमा रहेको फाइनल स्कोर स्पोर्टस बार प्रा.लि.को आयोजना उक्त स्कोरमा जारी प्रतियोगिता अन्र्तगत शनिबार दोश्रो चरणका खेलहरु सकिएसंगै आइतबार देखि तेश्रो चरणका खेलहरु हुने भएको प्रा.लि.का अध्यक्ष एवं खेलाडी सोम बि.क.ले बताउनु भयो ।

शनिबार बिहान भएको दोश्रो चरणको खेलमा वुटवलका सांरग रानाले डिजेका पुजन दवाडीलाई, डिजेका निर्विक लामाले एफएसका आर्यन थापालाई, एएसका रोमन शाहीले पेप्सी कोलाका मिलन तामाङलाई, फाइनल स्कोरका तथा पोखराका च्याम्पियन सोम बि.क.ले काठमाडौंका लाक्पा छिरिङ शेर्पालाई पराजित गर्नु भएको हो ।

त्यसै गरी बुटवलका सागर गाहाले चकटीका निर्दोषजंग थापालाई, ब्रेक पोइन्टका बिनोद श्रेष्ठले एफएसका रबिन ट्याबलाई, ब्रेक पोइन्टका मोती पाखरिनले एफएसका डगलस गुरुङलाई, ब्रेक पोइन्टका अजय सुनुवारले ग्रीन बाईज स्नूकरका सुजन मगरलाई पराजित गर्दै तेश्रो चरणमा स्थान बनाउनु भएको हो ।

त्यस्तै चकतीका मनिष प्रधानले चितवनका बिनोद सिटौलालाई, एफएसका परिवेश रेग्मीले बाजापाटनका अर्जुन सुनुवारलाई, डिपीका विकास महर्जनले एएक्सएनका निश्चल तामाङलाई डिपीका अनिल सुनारले एएसका आनन्द शाहीलाई र एफएसका साहिल गुरुङले चकतीका पासाङ तामाङलाई पराजित गर्नु भएको हो ।

यही माघ २८ गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा १ सय २३ जना खेलाडीहरु सहभागि हुनु भएको अध्यक्ष बि.क.ले बताउनु भयो । खेल पर्यटनको प्रबद्र्धन गर्ने उद्धेश्यले कास्की विलियार्ड स्नुकर तथा पुल संघको विशेष सहयोगमा उक्त प्रतियोगिता पोखरामा भएको प्रालि.का संचालक प्रताप गुरुङले बताउनु भयो ।

प्रतियोगितामा प्रतियोगितामा विजेता हुने खेलाडीलाई १ लाख ५० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिने भएको छ । त्यसै गरी प्रतियोगितामा उपविजेतालाई ७० हजार र तेश्रो हुने दुई जना खेलाडीलाई जनही २०÷२० हजारको साथमा ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिने भएको हो । उक्त प्रतियोगिताको मुख्य सहयोग पोखरा महानगरपालिकाले गरेको आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->