सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

चिल्ड्रेनलाईफ र अमर आदर्श प्रेसचौतारी कपको फाईनलमा

चिल्ड्रेनलाईफ र अमर आदर्श प्रेसचौतारी कपको फाईनलमा


  • ढोरपाटन संवाददाता
  • माघ २१ २०८०, आइतबार

बागलुङ/चिल्ड्रेनलाई इङ्लिस बोर्डिङ स्कुल र अमर आदर्श आवासीय माध्यमिक विद्यालय बागलुङ प्रेस चौचारी कप–२०८० को फाईनलमा प्रबेश गरेका छन् ।
प्रेस चौतारी नेपाल बागलुङ शाखाले आयोजना गरेको प्रेस चौचारी कप–२०८० अन्तरगत आईतबार भएका चार खेलबाट दुई समुह फाईनलमा प्रबेश गरेका हुन् ।
आईतबार भएको पहिलो खेलमा चिल्ड्रेन लाइफले आदर्श विद्यामन्दिर माबिलाई ३–० गोल अन्तरले पराजित ग¥यो ।

चिल्ड्रेन लाइफका बिबिध थापाले खेलको २० औ मिनेटमा गोल गरेर खेलमा अग्रता दिए । खेलको पहिलो हाफकै ३९ औं मिनेटमा थोमश थापाले एक गोल थपे । दोस्रो हाफको १६ औं मिनेटमा प्रमोद थापाले गरेको गोल चिल्ड्रेन लाइफको तेस्रो गोल बन्यो ।

दोश्रो खेल फ्युचर ब्राइटरलाई अमर आदर्शले १–० गोल अन्तरले पराजित ग¥यो । अमर आदर्शका लागि हनसन बोहराले खेलको ३० औं मिनेटमा गरेको गोलनै निर्णयक गोल बन्यो ।
उपाधिका लागि सोमबार दिउँसो १ बजे फाईनल खेल हुने छ । खेलमा बिजेता हुनेले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । उपबिजेताले २५ हजार नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । उत्कृष्ठ खेलाडी सम्मान समेतको व्यवस्था छ । प्रतियोगिताकालागि आयोजकले ४ लाख ७२ हजारको लागत अनुमान पेश गरेका छन् । यो खेलकालागि जिल्ला फुटबल संघ र जिल्ला खेलकुँद बिकास समितिले प्राविधिक सहयोग गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->