बागलुङ / सदरमुकाममा सञ्चालित प्रथम गुराँस कप अन्तर बिद्यालयस्तरीय फुटसल प्रतियोगिताको उपाधि आयोजक संस्था गुराँस बिद्या सदनले नै जितेको छ ।
गुराँसले फाइनलमा सिद्धार्थ शिक्षा सदनलाई ६-० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । गुराँसले कालिगण्डकी आवासिय माध्यमिक विद्यालय र सिद्धार्थले चिल्ड्रेन लाईफ इङ्गलिस बोडिङ स्कुललाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो। प्रतियोगितामा १७ विद्यालयका २० टिमको सहभागिता थियो ।
प्रतियोगिताको विजेता गुराँस र उपविजेता सिद्धार्थले क्रमशः नगद १५ हजार ५ सय ५५ र ७ हजार ७ सय ७७ रुपैयाँ सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेका छन ।
सेमिफाइनमा पुगेको चिल्ड्रेन लाइफ इङ्गलिस बोडिङ स्कुल र कालीगण्डकी आवसिय माविले ट्रफी प्राप्त गरेको गुराँस विधा सदनका प्रिन्सिपल निशान खड्काले जानकारी दिए ।
प्रतियोगितामा सिद्धार्थ शिक्षा सदनका एलिक्स थापा सर्वोत्कृष्ट खेलाडी, गुराँसका समिप खड्का उत्कृष्ट गोलरक्षक र आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयका युकेन खत्री सर्वाधिक गोलकर्ता बने ।
समापन कार्यक्रममा बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्का, एन प्याब्सनका जिल्ला अध्यक्ष नेत्रलाल न्यौपाने, प्याव्सनका जिल्ला अध्यक्ष दल थापा र एन प्याव्सनका नगर समिति अध्यक्ष चन्द्रबहादुर क्षेत्रले मन्तव्य व्यक्त गरेका थिए ।
गुराँस बाल क्लवका अध्यक्ष नेल्सन बोहोराको अध्यक्षतामा समपन्न कार्यक्रमको सञ्चालन प्रिन्सिपल खड्काले गरेका थिए ।





