पोखरा/ नेपालले क्यानडामाथि ४ विकेटको जित निकालेको छ । कीर्तिपुरस्थित क्रिकेट मैदानमा शनिबार सम्पन्न ओडिआई खेलमा दुई सय ८६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाउँदै पुरा ग¥यो । नेपालको जितमा कप्तान रोहित पौडेल नायक बने । उनले अलराउन्डरको भूमिकामा उत्कृष्ट प्रदर्शनी गर्दै टोलीलाई जित दिलाए ।
ओपनर अनिल शाहले अर्धशतकीय पारी खेल्दै एल्बीडब्लु आउट भए । उनले २० बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै ५० रन जोडे । उनको यो नेपालका लागि सबैभन्दा छिटो अर्धशतक गर्ने कीर्तिमानी बनेको छ । यसअघि आसिफको नाममा रहेको उक्त कीर्तिमानी तोडिएको हो । आसिफले २१ बलमा अर्धशतक बनाउँदा अनिलले १९ बलमा बनाए ।
आशिफ शेख १० रनमा क्याच आउट भए । कप्तान रोहित पौडेलले सार्वधिक ८७ रनको पारी खेल्दै क्याचआउट हुन पुगे । उनले १०१ बलमा ८ चौका र ४ छक्का प्रहार गरे । देव खनालले ७६ रनको पारी खेले । उनले ८१ बलमा ७ चौका र २ छक्का प्रहार गरे । भीम सार्कीले २३ रन जोडे । उनले २१ बलमा ४ चौका प्रहार गरे । पवन सराफले १४ रन जोडे । उनले ८ बलमा २ चौका र १ छक्का प्रहार गरे । कुशल मल्ल र सोमपाल कार्मी समान ९–९ रनमा नटआउट रहे ।
क्यानडाका लागि हरिस थाकेर र इश्वरजोत शोहीले २–२ तथा सादविन जाफर र दिलप्रित भाज्वाले समान १–१ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ रोजेको क्यानडाले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८५ रन जोडेको थियो ।
क्यानडाका ओपनर आरोन जोनसन ६५ रन बनाउँदै रनआउट भए । उनले ६२ बलमा १० चौका र २ चौका प्रहार गरे । अर्का ओपनर नाभ्नेट धलिवाल ४६ रनमा आकाश चन्दको बलमा आसिफ शेखबाट क्याचआउट भए । उनले ६० बलमा ८ चौका प्रहार गरे । प्रज्ञात सिंह ३८ बलमा ६ चौकाको मद्धतमा ३८ रन बनाउँदै रोहित पौडेलको बलमा सोमपाल कामीबाट क्याच आउट भए ।
निकोलस किर्टोन २० रनमा स्टम्पट आउट भए । रोहितको बलमा उनी आशिष शेखमार्फत स्टम्प आउट भए । हारिस थाकेर ३ रनमा आउट भए । दिलप्रित बज्वा १९ रनमा आउट भए । श्रयस मोभ्भा ४० रनमा आउट भए । उनले ४२ बलमा ४ चौका प्रहार गरे । कप्तान सादविन जफर १ रनमा आउट भए । साहिद अहम्दजाई १३ रनमा आउट भए । उदय भगवानले २० रन जोडे ।
नेपालका लागि कप्तान रोहित पौडेल र कुशल मल्लले २–२ विकेट लिए । सोमपाल कामी, सुर्य तामाङ (१ मेडन), आकाश चन्द र पवर सराफले समान १–१ विकेट लिए । रोहित प्लेयर अफ दी म्याच घोषित भए । आकाशले आफ्नो करियरमा अन्तर्राष्ट्रिय खेलमा पहिलो विकेट लिए । उनको यो डेब्यु विकेट हो ।





