सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

एभरेष्ट कप फुटसलको उपाधि आदर्श विद्यामन्दिरलाई

एभरेष्ट कप फुटसलको उपाधि आदर्श विद्यामन्दिरलाई


  • ढोरपाटन संवाददाता
  • माघ २७ २०८०, शनिबार

बागलुङ/ एभरेष्ट कप अन्तर बिद्यालयस्तरीय फुटसल प्रतियोगिताको उपाधि आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयले जितेको छ ।

आदर्शले शनिबार भएको फाइनल खेलमा सिद्धार्थ शिक्षा सदनलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । प्रतियोगितामा १४ विद्यालयका १७ टिमको सहभागिता थियो ।

रस आवर फुटसल गुठीको खेल मैदानमा सञ्चालन भएको प्रतियोगितामा विजेता र उपविजेता समूहलाई क्रमशः १२ हजार ७ सय ७७ रुपैयाँ र ७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

न्यू एभरेष्ट एकेडेमी बागलुङको बार्षिकोत्सव तथा अभिभावक दिवसको पूर्वसन्ध्यामा (आधारभूत तह कक्षा ७) विद्यालयस्तरीय फुटसल प्रतियोगिता आयोजना गरिएको हो ।

विद्यार्थीमैत्री वातावरणमा सिर्जनात्मक र रचनात्मक आन्तरिक खेलसहित साँस्कृतिक नृत्य प्रतियोगिता र अन्तर माविस्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको विद्यालयले जनाएको छ ।

विद्यालयले आयोजना गर्ने यस वर्षको वार्षिकोत्सब माघ ५ गते मुल समारोहका बिच समापन हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->