आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

समाजवादीको पार्टी नेतृत्वसँग झलनाथ असन्तुष्ट, सत्ता गठबन्धन बदलिने जिकिर

समाजवादीको पार्टी नेतृत्वसँग झलनाथ असन्तुष्ट, सत्ता गठबन्धन बदलिने जिकिर


  • ढोरपाटन संवाददाता
  • माघ २८ २०८०, आइतबार

पर्वत/नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सत्ता गठबन्धन बदलिने दाबी गरेका छन् । पार्टी अध्यक्ष माधवकुमार नेपालले यो गठबन्धन कुनै पनि हालतमा नभत्कने बताइरहँदा उनले चाहिँ वर्तमान सत्ता गठबन्धनलाई ‘मौषमी गठबन्धन’ को संज्ञा पनि दिए ।

‘यो गठबन्धन मौसमी गठबन्धन हो । यसले केही निकास दिन सक्दैन,’ समाजवादी प्रेस संगठन कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने,‘ यो मौसम परिवर्तन भएसंगै गठबन्धन पनि सकिन्छ ।’ उनले प्रचण्ड नेतृत्वको सरकारले केही काम गर्न नसकेको आरोप पनि लगाए । सरकारले संविधान अनुरूप काम गर्न नसक्दा पुनरुत्थानवादी शक्ति सलबलाउन थालेको उनको जिकिर थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->