पोखरा/ नेपाल रेडक्रस सोसाइटी पोखरा १९ उपशाखाको २० औं साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन गर्दै गण्डकी विश्वविद्यालयका उपकुलपति प्रा. डा. नवराज देवकोटाले मानवीय सेवा र धर्मले मात्र समाज संस्कारयुक्त हुने बताए । नेपाल रेडक्रस सोसाइटी कास्कीका उपसभापति उर्मिला खड्काले रेडक्रस मानविय सेवामा सधैं समर्पित रहेको बताउँदै यस उपशाखाले खेलेको भूमिकाको प्रशंसा गरे ।
उपशाखाका सभापति नवराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वसभापति बल वहादुर श्रेष्ठ, गोविन्दप्रसाद काफ्ले, भरतराज आर्चाय, इन्द्रकुमारी पौडेल, बुद्धीबहादुर खत्री क्षेत्री, दण्डपाणि गौतम, पार्वती पौडेललगायतका ४० जना विशिष्ट सदस्यलाई सम्मान गरेको प्रचार संयोजक श्रीराम गौतमले जानकारी दिए ।
कार्यक्रममा पोखरा १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डे, नेकपा एमाले वडा इकाइ अध्यक्ष विष्णुप्रसाद गौतम, नेपाली कांग्रेसका वडा इकाइ सभापति विष्णु बास्तोला, माओवादीका वडा इकाइ अध्यक्ष निर्मल बास्तोला, रेडक्रस सदस्य उमराज बास्तोला समिक्षक असफल गौतम लगायतकाले रेडक्रस सोसाइटीले सामाजिक सेवाका क्षेत्रमा पुर्याएको योगदानको चर्चा रमेश विश्वकर्माले जानकारी दिए ।





