बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

गण्डकीको हिउँदे अधिवेशन फागुन १६ मा आब्हान

गण्डकीको हिउँदे अधिवेशन फागुन १६ मा आब्हान

सदनलाई चार विधेयकको विजनेश


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ७ २०८०, सोमबार

पोखरा / गण्डकीको हिउँदे अधिवेशन फागुन १६ गतेबाट सुरु हुने भएको छ । मन्त्रिपरिषद बैठकले १६ गतेका लागि बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सरस्वती अर्याल तिवारीले जानकारी दिइन ।

असोज ११ गते गण्डकीको बजेट अधिवेशन स्थगित भएको थियो । त्यसको पाँच महिनापछि सरकारले विधेयक अधिवेशन भनिने हिउँदे अधिवेशन डाकेको हो ।

गण्डकी मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले फागुन १६ गते दिउसो २ बजेको लागि बैठक आह्वान गरेका प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
गण्डकी प्रदेशसभामा अहिले आमसञ्चार विधेयक, बीउबिजन सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक विचाराधीन छन ।

यसबाहेक सरकारले थप २ वटा विधेयक तयार गरेको छ । माघ २९ गते बसेको बैठकले दुवै विधेयकलाई संसद्मा पेस गर्ने निर्णय गरेको छ ।

प्राइभेट फार्म दर्ता ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक र सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्न बनेको विधेयक संसद्मा पेस गर्न मन्त्रिपरिषदले सैद्धान्तिक सहमति दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->