सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

मगर दिवसमा तेस्रो लखन कप भलिवल हुने

मगर दिवसमा तेस्रो लखन कप भलिवल हुने


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ९ २०८०, बुधबार
?????????

बागलुङ/ शुक्रबारदेखि बागलुङमा ‘लखन कप’ पुरुष, महिला भलिबल प्रतियोगितासहित खेलकुद र साँस्कृतिक कार्यक्रम हुने भएका छन् ।
नेपाल मगर संघ जिल्ला समन्वय समिति बागलुङले नेपाल मगर संघको ४२ औँ स्थापना दिवसको अवसरमा ‘लखन कप भलिबल २०८०’ को आयोजना गरेको हो । संघले फागुन १५ लाई ‘मगर दिवस’का रुपमा मान्दै आएको छ ।
चार दिनसम्म चल्ने कार्यक्रममा महिला तथा पुरुष भलिबल, सामूहिक नृत्य, छेलो, रस्साकसी, ताराखेल प्रतियोगिता राखिएको समन्वय परिषद अध्यक्ष श्याम बहादुर पुनले जानकारी दिए ।
पुरुष भलिबलमा गण्डकी प्रदेशका वडास्तरका र महिला भलिवलमा पालिकाका खेलाडी समूहले मात्र भाग लिन पाउने छन् । खुल्ला वडास्तरीय भलिबलका विजेताले ८१ हजार १ सय ८१ र उपविजेताले ४१ हजार १ सय ४१ रुपैयाँ पुरस्कार पाउने छन् ।
खुल्ला महिला भलिबल प्रतियोगिताका विजेताले ३० हजार र उपविजेताले १५ हजार रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र उपलब्ध गराइने खेल संयोजक किशोर थापाले बताए ।
कार्यक्रम सम्पन्न गर्न सवा दश लाखको खर्च अनुमान गरिएको अध्यक्ष पुनले बताए । देशविदेशमा रहेका शुभेच्छुक, व्यवसायी, संघसंस्था लगायतबाट सहयोग जुटाएर कार्यक्रम गर्न लागिएको उनको भनाइ छ ।
कार्यक्रम अवधिभर स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुतीसमेत रहने जनाइएको छ । कार्यक्रम कालिका भगवती मन्दिर परिसरमा रहेको बाल उद्यानमा हुनेछ । फागुन २ को लखन स्मृति दिवस र १५ गतेको मगर दिवसको सन्दर्भ जोडेर ‘लखन कप–२०८०’ को आयोजना गरिएको नेपाल मगर संघ बागलुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->