सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

चिल्ड्रेन सेतो र फ्युचर ब्राइटरको विजयी शुरुवात

चिल्ड्रेन सेतो र फ्युचर ब्राइटरको विजयी शुरुवात


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १० २०८०, बिहिबार

बागलुङ, १० फागुन– बागलुङमा शुरु भएको ‘चिल्ड्रेन लाइफ कप’ तेस्रो संस्करण फुटबलको शुरुवाती खेल आयोजक चिल्ड्रेन लाइफ बोर्डिङले जितेको छ ।
चिल्ड्रेन लाइफ स्पोर्टस् क्लबले माध्यामिक बिद्यालय स्तरीय फुटबल खेल आयोजना गरेको हो । खेलमा १० टिम सहभागि छन् । बिहिबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्रबहादुर थापाले खेलको उद्घाटन गरे ।
बाङगेचउर खेल मैदानमा भएको उद्घाटन खेलमा चिल्ड्रेन लाइफ बोर्डिङ सेतोले गुराँस बिद्या सदन माबिलाई पराजित गरेको हो । चिल्ड्रेन लाइफका बिराज किसानले खेलको शुरुवाती २० मीनेटमा गरेको गोल नै जित बन्यो । उत्कृष्ठ खेल प्रर्दशन गरेपनि गुराँसले गोल फर्काउन सकेन ।
दोश्रो खेलमा फ्युचर ब्राइटर बोर्डिङ स्कुलले डिग्नीटी कलेजलाई ४–० गोल अन्तरले पराजित ग¥यो । फ्युचरका अंगद शर्माले खेलको १४ औं मीनेटमा पहिलो गोल गरेर खेललाई अग्रता दिलाए । लगत्तै १६ औं मिनेटमा अमृत शर्माले गोल गरे । २० मीनेटमा पुनः किरण थापाले गोल थपे । तीन गोलले स्तब्ध भएको डिग्नीटीको कमजोर प्रदर्शनको फाइदा उठाएर फ्युचरले पुनः दोश्रो हाफको १४ औं मीनेटमा पनि अमतृ शर्माले एक गोल थपे । त्यसपछि भने डिग्नीटी निरास भयो ।
शुक्रबार अमर आदर्श माबि र बिद्यामन्दिर माबि तथा गणेश माबि र चिल्ड्रेन लाइफ निलोबीच खेल हुने क्लबका अध्यक्ष नवराज श्रेष्ठले जानकारी दिए । खेलमा बिजेता टिमले ४४ हजार ४ सय ४४ र उपविजेताले २२ हजार २ सय २२ रुपैयाँ नगद, मेडल, ट्रफी र प्रमाणपत्र पाउने छन् ।
उक्त अबसरमा बोल्दै मन्त्री थापाले खेलमा गरिने लगानीले खेल क्षेत्रको बिकास मात्र नभइ शिक्षा, स्वास्थ्य र पर्यटनमा सहयोग पुग्ने बताए । खेलका राम्रा प्रस्तुती दिन सकेमा जिल्लामा पर्यटक भित्राउन सकिने उनको भनाइ थियो । पछिल्लो समय निजी क्षेत्रले प्रतियोगिता आयोजना गरेर युवालाई आर्कर्षित गरेको उनको भनाइ थियो ।
चिल्ड्रेन लाइफ स्पोर्टस् क्लबका अध्यक्ष नवराज श्रेष्ठको अध्यक्षता, सहसचिव सुरेश सुनारको संचालन र उपाध्यक्ष जीवन रोकाको स्वागतमा सम्पन्न कार्यक्रममा जिल्ला फुटबल संघका अध्यक्ष जय राजभण्डारी र एनप्याब्सनका केन्द्रीय सदस्य बालकृष्ण शर्माले पनि शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->