सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

चिल्ड्रेन लाइफ कपमा क्वाटरफाइनलका खेल सकिए

चिल्ड्रेन लाइफ कपमा क्वाटरफाइनलका खेल सकिए


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ११ २०८०, शुक्रबार

आयोजक चिल्ड्रेन लाइफ ‘सेतोलाई पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको न्यु ओयसिसका खेलाडिहरु । तस्बिर : ढोरपाटन

बागलुङ, ११ फागुन– चिल्ड्रेन लाइफ स्पोर्टस् क्लबले आयोजना गरेको बिद्यालय स्तरीय फुटबल प्रतियोगितामा शुक्रबार चार खेल सम्पन्न भएका छन् । आयोजक चिल्ड्रेन लाइफ ‘निलो’सहित न्यू ओएसिस आबासीय माबि, बिद्यामन्दिर माबि र फ्युचर ब्राइटर आबासीय माबि सेमीफाइनल प्रवेश गरेका हुन् ।

शुक्रबार भएका क्वाटरफाइनल खेलमा आयोजक चिल्ड्रेन लाइफ बोर्डिङले गणेश माबिलाई ३–० गोल अन्तरले पराजित ग¥यो । चिल्ड्रेनका बरदान थापाले ह्याट्रिक गरे । उनले १३, १९ र २० औं मीनेटमा लगातार गोल गरेका थिए ।

शुक्रबारै भएको अर्को खेलमा बिद्यामन्दिर माबिले अमर आदर्श आबासीय माबिलाई ट्राइबेकरमा ४–५ गोलले जित्न सफल भयो । एकएक खेलको बराबरीपछि खेल ट्राइबेकरमा गएको थियो । अर्को खेलमा न्यू ओएसिस आबासीय माबिले आयोजक चिल्ड्रेन लाइफको सेतोलाई पनि ट्राइबेकरमा ४–५ गोलले पराजित गरेको हो ।

शुक्रबारकै अन्तिम खेलमा फ्युचर ब्राइटरले मुलपानी माबिलाई ०–१ गोलले पराजित ग¥यो । फ्युचरका विश्व नेपालीले ८ मीनेटमा गरेको गोल नै निर्णायक बन्यो । खेल अबधिभर दुवै पक्षले उत्कृष्ठ प्रदर्शशन गरेपनि गोल गर्न नसकेपछि मुलपानी निरास बन्यो ।

शनिबार सेमीफाइनलको पहिलो खेल न्यू ओएसिस आबासीय माबि र बिद्यामन्दिर माबिबीच हुनेछ । दोश्रो खेल चिल्ड्रेन लाइफ निलो र फ्युचर ब्राइटर माबिबीच हुने क्लबका उपाध्यक्ष जीवन रोकाले जानकारी दिए । खेलमा प्रथम हुनेले ४४ हजार ४ सय ४४ र दोश्रो हुनेले २२ हजार २ सय २२ रुपैयाँ नगद तथा मेडल र प्रमाणपत्र पाउनेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->