पोखरा / पोखराको नदीपुरमा रहेको माउण्ट अन्नपूर्ण माविको ४५ औ अभिभावक दिवस सम्पन्न भएको छ । पर्यटन व्यवसायी, सकारात्मक सोचका संस्थापक, फोरेस्टर तथा लेखक कर्ण शाक्यको प्रमुख आतिथ्यतामा समन्न उक्त कार्यक्रममा कक्षा प्रिनर्सरी देखि १२ सम्मका विद्यार्थीहरुले विभिन्न सास्कृतिक कार्यक्रका साथै एकाँकी नाटक समेत प्रस्तुत गरेका थिए ।
विद्यालयले नियमित प्रशिक्षण गराउने तेक्वान्दो खेलको परिस्कृत डेमो पनि विद्यार्थी खेलाडीहरुले प्रस्तुत गरेका थिए । अबेकसको सहायताबाट कसरी ठुला ठुला जोड घटाउलाई व्यवहारिक रुपमा सहजै प्रयोग गर्न सकिन्छ भनेर ससाना कक्षाका विद्यार्थीहरुले रमाइलो पाराले प्रस्तुत गरेका थिए । यसका साथै विभिन्न विज्ञान तथा कला सम्बन्धित प्रदर्शनी पनि राखिएको थियो ।

प्रमुख अतिथि कर्ण शाक्यले युवाहरु पढन र सिक्न विदेश जाने हो र पछि आफ्नै देश फर्केर सम्भावनाको पहिचान गरी काम गर्नुपर्छ भने । विद्यालयका प्राचार्य सइन्द्र श्रेष्ठले वार्षिक प्रतिवेदन सहित आगामी दिनहरुमा विद्यालयको लक्ष्य बमोजिम शैक्षिक गुणस्तरलाई अझ व्यावहारिक बनाउदै लानको लागि कटिवद्ध रहेको बताए ।
विद्यालयका शिक्षा डाइरेक्टर अशोक शाहीको स्वागत मन्तव्य रहेको कार्यक्रममा ९ की छात्रा ऋिसिका गुरुङले अभिभावकको भूमिकाको महत्वबारे बोलेकी थिइन् । कार्यक्रमको समापन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरजप्रकाश प्रधानाङ्गले विद्यालयलाई हरेक तह र तप्काको पहुँचमा राखेर युग सुहाउदो शिक्षण पद्धति विद्यालयले अपनाउने बताए । कार्यक्रमको संचालन शिक्षिका लक्ष्मी थापाले गरेकी थिइन् ।





