नवलपुर / नवलपुरमा भएको प्रदेश स्तरीय बाह्रौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कास्कीले जितेको छ । कास्कीले १८ स्वर्ण, ११ रजत र २३ कास्य पदकसहित प्रथम भएको हो ।
सोही खेलमा बागलुङ दोश्रो र म्याग्दी तेस्रो भए । बागलुङले १६ स्वर्ण, ६ रजत र १४ कास्य पदक जितेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड््काले बताए । ९ स्वर्ण, १० रजत र ११ कास्य पदक जितेर म्याग्दी तेस्रो भएको हो ।
बागलुङका लागि ३ हजार मीटर र १ हजार ५ सय मीटर दौड जितेर छात्रातर्फ निसीखोलाकी शर्मिला बिकले दुई स्वर्ण पदक हात पारिन् ।
त्यस्तै उसुतर्फ लेलिन राना, सौरभ किसान, दिपशिखा किसान, सन्देश खड्का, ममत थापा, झरना थापा र बिपना थापाले स्वर्ण पदक जिते । एन्ड्रियु तिवारी र अनिलकुमार शाहले रजत र आइसा खत्री, दिप थापा तथा युजिना काउचाले कास्य पदक जिते ।
तेक्वान्दोतर्फ जानकी रानाले स्वर्ण पदक जितिन् । एथलेटिक्समा बादल कार्कीले १ हजार ५ सय र ८ सय मीटर दौडमा स्वर्ण पदक जिते । ३ हजार मीटर दौडमा उनले रजत पदकमा चित्त बुझाए । ज्याब्लिङ थ्रोतर्फ कृष्ण कार्कीले रजत पदक पाउँदा रिले दौडमा बादल कार्की, हिरा रोका र कृष्ण कार्कीले कास्य पदक पाए ।
छात्रा भलिबलमा बागलुङ तेस्रो भयो । कराँतेतर्फ बिजल पाइजा, हिमाल थापा, इन्साप पुन, थममाया बराइली र नेहा स्मिथले स्वर्ण पदक जिते भने सिजन बुढाले रजत र अस्मिथा बुढाले कास्य पदकमा चित्त बुझाउन बाध्य भएका छन् ।





