सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

‘चिल्ड्रेन लाइफ कप’को उपाधि चिल्ड्रेन लाइफ बोर्डिङलाई

‘चिल्ड्रेन लाइफ कप’को उपाधि चिल्ड्रेन लाइफ बोर्डिङलाई


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १३ २०८०, आइतबार

बागलुङ/तेस्रो संस्करणको ‘चिल्ड्रेन लाइफ कप फुटबल’को उपाधि चिल्डे«न लाइफ इङ्लिस बोर्डिङ स्कुलले जितेको छ । आइतबार बाङ्गेचौर खेल मैदानमा सम्पन्न फाइल भीडन्तमा विद्यामन्दिर माविमाथि संघर्षपूर्ण जित निकाल्दै चिल्ड्रेनले उपाधि जितेको हो ।
निर्धारित समयभन्दा करिब साढे दुई घण्टा ढिलागरी सुरु भएको फाइनल खेलमा चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलको जितका लागि कप्तान विविध थापा नायक बने । दोस्रो हाफको ४ मिनेटमा पाएको फ्रि–किकलाई थापाले सुन्दर गोलमा परिणत गरेका थिए ।
गोल खाएपछि खेलमा फर्किने प्रयास गरेपनि विद्यामन्दिरका खेलाडिले कुनै जादु देखाउन सकेनन् । प्रेस चौतारी कपमा उपविजेता बनेको अमर आदर्श आवासिय माविलाई उद्घाटन खेलमै पराजित गरेको विद्यामन्दिरलाई उपाधि दाबेदारको रुपमा हेरिएपनि फाइनल खेलमा भने उत्कृष्ट खेल प्रदर्शन गर्न सकेन । चिल्ड्रेन लाइफको बलियो डिफेन्स लाइनलाई चिर्न नसक्दा विद्यामन्दिरका खेलाडिले विपक्षीको पोष्टमा बल प्रहार गर्न सकेनन् ।
प्रतियोगिताको विजेताले ४४ हजार ४ सय ४४ र उपविजेताले २२ हजार २ सय २२ रुपैयाँ नगद तथा मेडल र प्रमाणपत्र पाएका छन् भने विधागत रुपमा खेलाडिलाई पुरस्कृत गरिएको आयोजक चिल्ड्रेन लाइफ स्पोर्टस् क्लबका उपाध्यक्ष जीवन रोका क्षेत्रीले जानकारी दिए । चिल्ड्रेन लाइफ कपको यसअघिको पहिलो संस्करण अमर आदर्शले जितेको थियो भने पहिलो संस्करण चिल्ड्रेन लाइफले जितेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->